सिआइबी ले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका दर्ता अपरेटरसहित दुई जनालाई पक्राउ

  • काठमाडौँ,२८ मंसिर । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले विवरण दर्ता अपरेटरको युजर आईडी र पासवर्ड दुरुपयोग गरेको आरोपमा दुई जना कर्मचारीलाई पक्राउ गरेको छ ।
    राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, सिंहदरवार, काठमाडौँमा कार्यरत दर्ता अपरेटर २८ वर्षीय सुनित प्रभाग रेग्मीले आफ्नो युजर आइडी र पासवर्ड दुरुपयोग गरी गलत मनसायले विभिन्न व्यक्तिहरूको विवरण हेरफेर गर्दै राष्ट्रिय परिचयपत्र स्वीकृत गरेको पुष्टि भएपछि पक्राउ गरिएको सिआइबीले जनाएको छ। यही कसुरमा संलग्न रहेको आरोपमा ललितपुर महानगरपालिका १३ निवासी आशिष बाबु कुमाललाई पनि पक्राउ गरिएको सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जनाएका छन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation