२४ घण्टाभित्र विश्वासको मत लिन मधेशका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश

  • काठमाडौँ,१५ मंसिर । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको छ ।सोमबार सर्वोच्च अदालतले मुख्यमन्त्री यादवले २४ घण्टाभित्र विश्वासको मत प्राप्त गर्न नसकेमा संविधानको धारा १६८ को २ बमोजिम सरकार गठन गर्न परमादेश जारी गरेको हो । गैरसंवैधानिक ढंगले यादवको नियुक्ति भएको भनी ७३ जना सांसदहरूले पेश गरेको रिट निवेदनमा सर्वोच्च अदालतले यस्तो आदेश गरेको हो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation