बैंकिङ क्षेत्रको नाफा १८ प्रतिशतले घट्यो

  • काठमाडौँ,२१कार्तिक। बैंकिङ क्षेत्रको नाफा घटेको पाइएको छ ।बैंकहरूले प्रकाशित गरेको आर्थिक वर्ष २०८२ को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार यो अवधिमा नाफा १८.७८ प्रतिशतले घटेर १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँ कायम भएको हो । गत वर्ष बैंकहरूले यही अवधिमा १६ अर्ब १८ लाख ९४ हजार रुपैयाँ नाफा कमाएका थिए । बैंकहरूले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार यस अवधिमा वाणिज्य बैंकहरूले १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँ नाफा कमाएका छन् ।

    यो नाफा गत आवको सोही अवधिको तुलनामा १८.४७ प्रतिशतले कम हो । जबकि गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकहरूले १६ अर्ब १२ करोड ९४ लाख रुपैयाँ नाफा कमाएका थिए ।
    चालू आवको तीन महिनामा सबैभन्दा बढी ग्लोबल आईएमई बैंकले नाफा कमाएको छ । सो अवधिमा यस बैंकले १ अर्ब ८५ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.९२ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ५१ करोड २१ रुपैयाँ खुद नाफा कमाएको थियो ।
    ग्लोबलले सर्वाधिक नाफा कमाउँदा अन्य १४ बैंकको भने नाफामा गिरावट आएको छ । ग्लोबलसहित पाँच वटा बैंकको नाफा बढ्दा यो अवधिमा सिटिजन्स बैंकले २२ करोड ४ लाख नोक्सानी व्यहोरेको छ ।
    चालू आवको तेस्रो त्रैमाससम्म पाँच बैंक अर्ब क्लबमा पुगेका छन् । यो अवधिमा एक अर्ब भन्दा बढी नाफा कमाउनेहरूमा ग्लोबलसहित नबिल बैंक, प्राइम कमर्सियल बैंक, एभरेष्ट बैंक र कुमारी बैंक रहेका छन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation