नेपाली युवा उद्यमी मञ्च रुपन्देही च्याप्टरको आयोजनामा सिकाई कार्याशाला

  • बुटवल,१७ कार्तिक । नेपाली युवा उद्यमी मञ्च रुपन्देही च्याप्टरको आयोजानमा हायात प्यालेस बुटवलमा एक दिने बैंकिङ्ग सम्बन्धी सिकाई कार्याशाला कार्यक्रम गरेको छ । नेपाल युवा उद्यमी मञ्च रुपन्देहीमा आवद्ध भएका सदस्यहरुको लागि आयोजना गरिएको कार्यशालामा ग्लोवल आईएमी बैंक बैंक लुम्बिनी प्रदेश प्रमुख दिलिप पोखरेलले सहजीकरण गरेका थिए ।
    कार्यशालामा सहजीकरण गर्दै उनले पछिल्लो समयमा विकास भएको बंैकिङ्ग व्यवसायीक सफलता सहितका विविध विषयमा प्रकाश पारेका हुन । युवा उद्यमीहरुको पछिल्लो समयको उद्यमशिलताको विषयमा प्रकाश पार्दै उनले जेनजिआन्दोलन पछि बैंकिङ्ग क्षेत्रमा देखा परेका विविध समस्याको सहज समाधानको लागि के कस्ता रणनीतिक योजना बनाउन सकिन्छ भन्ने विषयमा प्रकाश पारेका थिए ।
    नेपालको आर्थिक अवस्था श्रींलका र बंगादेशको जस्तो नभएको भन्दै उनले ति देशहरुमा बर्षाै सम्म पनि आर्थिक समस्या ज्युका त्युरहेको भएपनि नेपालमा भने त्यो अवस्थता अहिले नभएको उनले बताएका थिए ।कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले बोल्दै युवा शक्ति पलायन भैरहेको बेलामा युवा उद्यमशिलता प्रर्वद्धनको लागि नेपाली युवा उद्यमी मञ्चले आयोजना गर्ने यी र यस्ता कार्यक्रममा युवामा थप उद्यमशिलता उत्पेरणा हुने भएका थिए ।
    कार्यक्रममा बोल्दै युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष आर्दश श्रेष्ठ ले विगतका दिनहरुमा पनि च्याप्टरले यी र यस्तै महत्वपूर्ण कार्यक्रम गर्दै आएको जानकारी दिदै उनले आगामी दिनमा पनि युवा उद्यमीहरुको पक्षमा काम गर्ने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा सहजीकरण युवा उद्यमी अनुभव मान सैजुले गरेका थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation