लायन्स स्टार्सद्धारा जुम्लाको विद्यालयमा सहयोग

  • जुम्ला,१४ कार्तिक। शिक्षा नै उज्ज्वल भविष्यको आधार हो’ भन्ने मुल नाराका साथमा लायन्स क्लब अफ बुटवल स्टार्सद्वारा जुम्ला पातारासी गाउँपालीका स्थित भगवती आधारभूत प्राथमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । लायन्स क्लव अफ बुटवल स्टार्सका अध्यक्ष राजन जिसीले स–साना बालबालिकाको अनुहारमा देखिएको खुशी नै प्रेरणाको स्रोत बनेको बताएका थिए ।

    कार्यक्रममा पातारासी गाउँपालीका वडा न ६ का अध्यक्ष कर्म बहादुर बिस्टले बुटवल देखि आएर जुम्लामा सहयोग गर्ने क्लवलाई धन्यावाद दिएका थिए । कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक३२५ पि नेपाल का जिएसटी कोडिनेटर आशिष् कृष्ण श्रेष्ठ ,बिद्यालय व्यवस्थापन समिति अध्यक्ष सिह ब बिस्ट, प्रधानध्यापक कृष्ण मान बिस्ट, समाजसेबि रमा भण्डारी , जोन चेयर पर्सन बिजय कुमार बर्नवाल , कार्यक्रमसयोजक प्रेम कुमार शर्मा लगायतयले आ आफ्नो भनाई राखेका थिए । क्लवका सहसचिव ई .छबिन्द्र भट्टराईका अनुसार विद्यार्थीहरुको लागि कापी ,पेन पेन्सिल लगायतका सामग्रीहरु प्रदान गरिएको हो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation