 
                    मानपकडि,१४ कार्तिक ।रुपन्देहीको शुद्धोदन आयुर्वेद शाखा मानपकडीको आयोजनामा आयुर्वेद स्वास्थ्य सेवा सम्बन्धी अभिमुखीकरण कार्यक्रम बिहीबार आयुर्वेद शाखाको सभा हलमा सम्पन्न भएको छ।शुद्धोदन ५ का वडा अध्यक्ष चन्द्रभान चौधरीको अध्यक्षतामा र शुद्धोदन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि बस्यालले ब्यानर पढेर उद्घाटन गर्दै यस्तो खालको कार्यक्रम कर्मचारी हरुबाट सबै माझ पुर्याउन सके यसको महत्व धेरै हुने र योग तथा आयुर्वेद महत्व रहेकाले आयुर्वेद स्वास्थ्य सम्बन्धी सबैले जान्न आवश्यक र खानपान सर्ने नसर्ने रोग निवारणका निम्ति योग तथा आयुर्वेदको महत्व रहेको अध्यक्ष बस्यालले बताउनुभयो।

शुद्धोदन गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले खानपान, सर्ने नसर्ने रोग निवारणका निम्ति योग तथा आयुर्वेदको महत्व रहेको बताउनुभयो।शुद्धोदन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लेख बहादुर बस्नेतले विश्वव्यपी रुपमा ७० प्रतिशत भन्दा बढी मानिसहरु नसर्ने रोगबाट मर्ने गरेको तथ्याङ्क रहेको छ। यसलाई न्यूनिकरण गर्नका लागि हाम्रो जीवनशैलीमा परिर्वतन गर्नुपर्ने, योग, व्यायाम, प्रणायम जस्ता कुरामा ध्यान दिनुपर्ने लगायतका विषयमा सबैलाई जानकारी गराउने उदेश्य रहेको बताउनुभयो।शुद्धोदन ५ का वडा अध्यक्ष चन्द्रभान चौधरीले आयुर्वेदमा धेरै भ्रमहरु पनि रहेको, आयुर्वेदलाई कसरी प्रयोग गर्ने भनेर मानिसहरुमा ज्ञान भएको तर त्यसलाई कसरी व्यवहारमा ल्याउने भनेर थाहा नभएको हुनाले यसको बारेमा जानकारी दिने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो।
आयुर्वेद स्वास्थ्यको प्रचारप्रसार र आम नागरिकमा योग तथा आयुर्वेद सम्बन्धी जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयुर्वेद शाखा प्रमुख प्रान्शु ढकालले बताउनुभयो।











