शिसु ज्ञान कुञ्जमा तिहार विशेष कार्यक्रम

  • बुटवल,१ कार्तिक । बुटवल ४ आर्दशनगरमा रहको शिशु ज्ञानकुञ्ज मन्टेश्वरी विद्यालय मा तिहार विशेष मेला आयोजना गरेको छ । विद्यालयमा आयोजना गरिएको कार्यक्रममा विभिन्न स्टलहरु समेत राखिएको थियो । विद्यार्थीहरुलाई तिहारको महत्वको बारेमा जानकारी दिने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।
    तिहार विशेष मेलामा विभिन्न सामग्रीहरु सुपथ मुल्यमा विक्रि गरिएको थियो । साथै बालबालिकाहरुको लागि चित्रकला प्रर्दशनी र विभिन्न खानेकुराका परिकार स्टल समेत राखिएको थियो । चुकौनी, ललिपप, सेलरोटी, पकौडा लगायतका परिकार विक्रिमा राखिएको जानकारी दिए । खानाका परिकार र अन्य बाट संकलन गरिएको रकम बाट अनाथ बालबालिकाहरुको लागि सहयोग गरिने जनाइएको छ । कार्यक्रमको शुभारम्भ विद्यालयका प्राचार्य रिता शर्मा , अध्यक्ष चन्दा रावल लगायतले तिहारको महत्वको विषयमा प्रकाश पार्दै कार्यक्रम शुभारम्भ गरिएको थियो ।
    विद्यालयका शिक्षा ईन्चार्ज तुल्सी थापाका अनुसार कार्यक्रममा ३ सय भन्दा बढि अभिभावकहरुको सहभागीता रहेको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation