महानगरपालिका र उपमहानगरपालिकामा मात्रै घरजग्गा कारोबार गर्न सकिने

  • काठमाडौ,२९ असोज । सरकारले महानगरपालिका र उपमहानगरपालिकामा मात्रै घरजग्गा कारोबार गर्न सकिने क्षेत्र तोकेको छ ।
    मालपोत ऐन, २०३४ को दफा २६ क र २६ ख को प्रयोजनका लागि मन्त्रिपरिषद्ले घरजग्गा कारोबारसम्बन्धी नयाँ मापदण्ड जारी गरेपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिका क्षेत्रलाई मात्रै घरजग्गा कारोबार गर्न सकिने क्षेत्र तोकेको मन्त्रालयका सचिव केदारनाथ शर्माले खबर खातालाई बताए । उनका अनुसार बिस्तारै नगरपालिका र गाउँपालिका क्षेत्रभित्र पनि घरजग्गा कारोबार गर्ने व्यवस्था मिलाइनेछ ।
    भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचनामा मालपोत ऐन, २०३४ को दफा २६ क र २६ख को प्रयोजनका लागि मन्त्रिपरिषद्ले घरजग्गा कारोबारसम्बन्धी नयाँ मापदण्ड जारी गरेको जनाएको छ ।
    उक्त दफामा तोकिएको क्षेत्रफल वा मूल्यको भन्दा धेरैको कारोबारका लागि इजाजत लिनुपर्ने व्यवस्था छ । उक्त व्यवस्था अनुसार अहिले सरकारले मूल्यको सीमा निर्धारण गरेको हो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation