नेपाल लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक टी-२० विश्वकप

  • काठमाडौं ,२९ असोज। नेपाल लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक टी-२० विश्वकपका लागि छनोट भएको छ ।
    ओमानमा भइरहेको आईसीसी टी २० विश्वकप एसिया(इएपी छनोटमा शीर्ष तीनमा रहने पक्का भएपछि नेपालले अर्को वर्ष छिमेकी भारत र श्रीलंकामा हुने टी २० विश्वकपमा स्थान पक्का गरेको हो । सन् २०१४ मा पहिलो पटक टी-२० विश्वकप खेलेको नेपालले दश वर्षको प्रतिक्षापछि २०२४ मा दोस्रो पटक खेलेको थियो । पहिलो पटक विश्वकप खेलेपछि नेपालले दश वर्षपछि मात्र सन् २०२४ मा अमेरिका र वेष्ट इन्डिजमा भएको टी २० विश्वकपमार्फत पुनरागमन गरेको थियो । यूएईको सारजहामा भएको वेष्ट इन्डिज विरुद्धको तीन खेलको टी-२०आई सिरिज २-१ ले जितेर नेपाल उच्च मनोबलका साथ ओमान पुगेको थियो । नेपाली टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा सबैको ध्यान तानेको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation