
अर्घाखाँची,२७ असोज । अर्घाखाँची जिल्लाको सन्धीखर्क नगरपालिका वडा नम्बर ६ नरपानी बजारमा दोस्रो स्व. दुमन थापा सिंह स्मृति कप खुल्ला भलिवल प्रतियोगीता हुने भएको छ । गंगा सरोवर युवा क्लवको आयोजना यहि मिति असोज २९ गते बाट वडा स्तरिय भलिवल खुल्ला भलिवल प्रतियोगीता गर्न लागिएको हो । आयोजक संस्थाका अध्यक्ष अरूण रायमाझीका अनुसार प्रतियोगीतामा प्रथम हुने समुहले ३५ हजार ५ सय ५ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यस्तै दोस्रो हुने समुहले २५ हजार २ सय ५ नगद सहित कप, मेडल र प्रमाणपत्र प्राप्त र तृत्य हुने समुहले १५ हजार १ सय ५ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगीतामा सहभागीताको लागि दर्ता शुल्क ३ हजार रूपैया राखिएको खेल संयोजक सुब्बा पाण्डेले जानकारी दिए । प्रतियोगीताको प्रथम पुरस्कार राम बहादुर थापा(अमेरिका)ले सौजन्य गरेका हुन। यस्तो दोस्रो पुरस्कार गंगा सरोवर युवा क्लव आयोजकले व्यवस्था गरेको छ भने तेस्रो पुरस्कार खनला ब्रर्दश कन्स्टक्सनका कविराम खनालले सौजन्य गरेका हुन ।