भैरव युवा क्लब, पक्लिहवाद्धारा रक्तदान कार्यक्रम सम्पन्न”

  • बुटवल,२६ असोज । भैरव युवा क्लब, नयाँ गाउँ, रानी गाउँ पक्लिहवाद्धारा नेपाल रेडक्रस सोसाइटी, रुपन्देहीको प्राविधिक सहयोगमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । क्लबका अध्यक्ष याम बहादुर थापाको अध्यक्षता एवम् नेपाल रेडक्रस सोसाइटी, रुपन्देहीका उपसभापति तथा रक्तसञ्चार सेवा समिति, रुपन्देहीका संयोजक युवा समाजसेवी सुशील गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि गुरुङ्गले क्लबले स्थापनाको छोटो समयमा विभिन्न खेलकुद, सामाजिक, सांस्कृतिक तथा धार्मिक क्रियाकलापका अतिरिक्त रक्तदान जस्तो पवित्र कार्य गरेर रगतको अभाव हुन नदिई विरामीको ज्यान जोगाउन महत्वपुर्ण कार्य गरेको बताउनुभयो ।
    कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, बेलहिया उपशाखाका सभापति राकेश गुरुङ्ग, आमा समाजका अध्यक्ष तथा जनप्रतिनिधि हरिमाया गुरुङ्ग, सिनपा वडा नं.१३ का वडा अध्यक्ष सोम बहादुर गुरुङ्ग, बहिरा बाल विद्यालयका प्राचार्य भिम बहादुर थापा, गाउँ समाजका सचिव नन्द बहादुर राना, समाजसेवी तेजेन्द्र गुरुङ्ग, मोहनसिंह शाही, जितेन्द्र गुरुङ्ग, श्याम गुरुङ्ग, श्रद्धा गुरुङ्ग, रक्त सञ्चार केन्द्र भैरहवाका शान्ता कुँवर लगायतको सहभागिता रहेको थियो । रक्तदान कार्यक्रम मार्फत कुल ३६ प्वाइण्ट रगत संकलन गरिएको थियो भने कार्यक्रममा रन्जना गुरुङ्गकोे स्वागत तथा क्लबका सचिव सुक बहादुर थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation