चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छःप्रधानमन्त्री कार्की

  • काठमाडौँ,२१ असोज । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनबारे आयोगका पदाधिकारीसँग ब्रिफिङ लिदै चुनावका लागि आवश्यक सम्पूर्ण स्रोत साधन उपलब्ध गराउने प्रतिबद्धता जनाएकी छन् । आजसिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा आगामी फागुन २१ गतेका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा त्यसको कार्यान्वयनमा सरकार र राजनीतिक दलको सहयोगका विषयमा केन्द्रित रहेर छलफल भएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए।
    प्रवक्ता अनुसार आयोगले स्वच्छ, निष्पक्ष र स्वतन्त्र एवं मितव्ययी निर्वाचन गराउन प्रतिबद्ध रहेको स्पष्ट पारेको छ। आयोगले निर्वाचन सम्पन्न गर्न आवश्यक स्रोत साधनको व्यवस्था र परिचालनमा सरकारबाट सहयोगको अपेक्षा गरिएको पनि जनाएको छ।छलफलका क्रममा प्रधानमन्त्री कार्कीले निर्वाचन सम्पन्न गर्न सरकारका तर्फबाट सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता जनाएको प्रवक्ता भट्टराईले जानकारी दिए। प्रधानमन्त्रीले निर्वाचनका विषयमा दलहरूसँग पनि छलफल गर्ने तयारी भएको बताएका छन्।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation