विपद् जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको पत्र

  • बुटवल,१९ असोज । गृह मन्त्रालयले विपद्को जोखिम नरहेका तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लाहरूमा सार्वजनिक सेवा सुचारु गर्न गराउन निर्देशन दिएको छ ।देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गर्दै मन्त्रालयले उक्त निर्देशन दिएको हो ।
    सरकारले यसअघि विपद्को सम्भावित जोखिम कारण आज र भोलि दुई दिन सार्वजनिक बिदा दिएको थियो । तर, बाढी पहिरोका कारण राजमार्गहरू अवरुद्ध हुँदा दशैँ मनाउन घर गएकाहरू कार्यस्थलमा फर्किन अझै समय लाग्ने देखिएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation