
बुटवल,१५ असोज । बुटवलको कालिकानगरमा सुजुकि दुई वटा शोरुमको विधिवत उद्घाटन भएकाे छ । विगत चार दशकदेखी दुई पाग्रे सवारी र पार्ट बिक्री वितरण गर्दै आएको बुटवलको बागमती मोटरसाइकल सेन्टरले सुजुकी र जुम्याभ दुई कम्पनीका नया बाइक बिक्री शुरु गरेको छ ।
कार्यक्रमका बीच बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले उदघाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै अध्यक्ष अर्यालले बागमती शेरुमले यस क्षेत्रमा नै दुई पाग्रे सवारी र पार्टको बिक्रीवितरण गरेर आम उपभोक्ताको मन जितेको बताए । बागमती विगत लामोसमयदेखि मोटरसाईकल बिक्रि गर्दै आएको आफुलाई स्मरण रहेको उल्लेख गर्दै उनले समयसापेक्ष र प्रविधिमैत्री सवारी भित्राउदै बिक्रीपछिको सेवा दिँदा आम उपभोक्ताको मन जित्न सफल भएको उनले बताए ।
कार्यक्रममा बागमतीका संचालक चिरञ्जीवी श्रेष्ठले क्रस फायरको बाईक र ईलेक्ट्रिक ग्यारो गरि दुई वटा कम्पनीको सवारी विक्रीवितरण गर्दै आएकोमा मंगलबारदेखी दुई नया थप कम्पनीको सवारी बिक्रीवितरण शुरु गरिएको जानकारी दिए । विश्वबजारमा नै जापानिज कम्पनी सुजुकीका उत्पादनमा उपभोक्ताको आर्कषण रहेको भन्दै यसको स्कुटी र मोटरसाईकल सो स्थानमा उपलब्ध हुने उनले जनाए । ‘चार वटा कम्पनीका दुई पाग्रे सवारी बिक्रिवितरण शुरु गरेका छौ ।’– उनले भने ।
शोरुममा भि स्ट्रोम एसएक्स, जिग्गर एसएफ २५०, जिग्गर २५०, जिग्गर १५० बाईक र यसैगरि स्कुटीतर्फ एभिनिस, वर्गमेन र एसेस गरि ३ प्रकारका सवारीहरु रहेको छ । यसैगरि जुम्याभ कम्पनीको डट बाईकहरु ३ वटा भेरियन्टमा छन । जसको बजार मूल्य ७ लाख ५० हजार रुपैया, ७ लाख ९९ हजार र ८ लाख २० हजार रुपैया रहेका छन ।