चितवन ,१३ असोज।नारायणगढ –मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला पुलनेर खसेको पहिरो पन्छाएपछि खुलेको छ । केहीबेर अघि दुईतर्फी नै बाटो खुलेको हो । आज बिहान ७ बजेतिर खसेको सानो पहिरो पन्छाएर बाटो खुलाइए पनि दिउँसो साढे १२ बजेतिर ठूलो पहिरो खसेपछि दुईतर्फी सडक बन्द भएको थियो । पहिरो पन्छाउन ३ वटा उपकरण प्रयोग गरिएको थियो । चाडपर्वको अवसर पारेर हिँडेका कयौं यात्रुहरू पहिरोका कारण बिच बाटोमै अलपत्र परेका थिए । अहिले यात्रुहरु गन्तव्यमा प्रस्थान गरिरहेका छन् ।