
काठमाडौं ,१३ असोज। नेकपा यसका महासचिव घनश्याम भुसालले प्रमुख पार्टीका मुख्य नेताहरुलाई जति सकिन्छ छिटो बिदा दिनुपर्छ । जेनजी युवा आन्दोलनपछिको अवस्थाका बारेमा सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै नेता भुसालले मुलुकलाई नयाँ बिन्दुमा लैजाने यो महत्वपूर्ण अवसर भएकोबताए। जाने र त्यसले सामाजिक–सामुदायिक आक्रोशलाई तीव्र पार्न सक्ने बताएका हुन् ।उनी भन्छन्, ‘त्रासदीपूर्ण सम्भावनालाई रोक्न वामपन्थी आन्दोलनका सबै इमान्दार राजनीतिकर्मीहरुले तत्कालै सक्रियता लिनुपर्छ । जेनजीले उठाएको एउटा मुख्य मागअनुसार अहिलेको मुख्य नेताहरुलाई जति सकिन्छ छिटो बिदा दिनुपर्छ ।’
मुख्य नेताहरुलाई बिदा गरेपछि दलहरुभित्र र समाजमा उत्पन्न गर्ने नयाँ आशा र विश्वासका साथ पार्टीहरुको पुनर्गठनलाई तीव्र पार्नुपर्ने उनको धारणा छ ।भुसालले भने, ‘अहिलेको नेतृत्वलाई बचाउने दृष्टिकोणहरू पनि आएका छन्। तर पहिले भइरहेका कमजोरी नसल्टाई कसैको नेतृत्व स्वीकार गरेर जाने अवस्था छैन। यो मेरो पार्टीमा पनि लागू हुन्छ। र ठूलासाना दलमा पनि लागू हुन्छ। बहालवाला दलमा अहिलेको नेतृत्व जोगाएर जान सम्भव छैन,’ उनले भने, समग्रमा बाम एकता अभियान थालेका थियौँ। माओवादी र यस मात्रै एकता गर्ने गरी मेरै पार्टीले पनि अभियान चालेको थियो। तर प्रचण्डकै नेतृत्वमा अथवा माधव नेपालकै नेतृत्वमा त्यो सम्भव छैन र हुँदैन।’
उनले कम्युनिस्ट पार्टीका नेताहरूको जीवनशैली नै सर्वसाधारणलाई नैरास्यता बनाउने मुख्य विषय भएको बताउँदै भने ‘विचारमा सिद्धान्तमा कम्युनिष्ट कस्ता हुन्छन् भनेर पढाइयो। तर व्यवहारमा त्यो गर्न सकिएन लागू भएन त्यो हाम्रो नेताहरूको जीवनशैलीलाई जीवनशैलीलाई हेरेर अहिलेको निराशा बढेको हो। अब भ्रष्टाचार नगर्ने पार्टी होस्, भन्ने अभियान जेनजीले चलाए त्यो हामीले पनि भनेका हौ तर कार्यान्वयनमा लैजान सकेनौँ ।’
भ्रष्टाचार गर्ने तर भाषामा त्यसको विरोध गर्ने नेताहरू भएकोले अहिलेको समस्या देखिएको उल्लेख गर्दै उनले अहिलेका पार्टी केही महिनामै नसुध्रिए इतिहासमा सीमित रहने दाबी गरे।
‘यति ठुलो दबाब आउँदा नि दलको नेतृत्व नसुध्रिए सकिने हो, त्यसको विकल्पमा नयाँले स्पेश पाउने हो,’ उनले भने, ‘मुख्य नेतृत्व नबुझ्ने छैन तर उनीहरूलाई घेराउमा राख्नेहरूले नै गलत सूचना दिए, ढाकछोप गरे, अनि सतहमा पुग्नै दिएनन् ।’