पर्वत–रुपन्देही सेवा समाजद्वारा दशैं–तिहार शुभकामना आदानप्रदान

  • भैरहवा, ११असोज । पर्वत–रुपन्देही सेवा समाज सिद्धार्थनगर समितिद्वारा विजयादशमी, तिहार, छठलगायत चाडपर्वको अवसरमा भैरहवामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

    समाजका अध्यक्ष कुमार केसीको अध्यक्षता र केन्द्रीय अध्यक्ष रामकृष्ण शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वक्ताहरुले दशैंलाई सत्य, न्याय र ऐक्यबद्धताको प्रतीकका रूपमा मनाउनुपर्नेमा जोड दिएका थिए।

    प्रमुख अतिथि शर्मााले समाजलाई राजनीतिक भन्दा माथि उठेर सामाजिक सेवामा समर्पित रहन आग्रह गर्दै चाडपर्वमा शान्ति, सद्भाव, समृद्धि र सकारात्मक ऊर्जा फैलियोस् भन्ने शुभकामना व्यक्त गरे। उनले चोरी–डकैती जस्ता अपराध रोक्न सदस्यहरुलाई स्वयंसेवकका रूपमा खटिन निर्देशनसमेत दिए।

    वरिष्ठ उपाध्यक्ष लेखनाथ भट्टराईलगायत अन्य वक्ताहरुले समाजका गतिविधि प्रशंसनीय रहेको उल्लेख गर्दै पर्वतेलीबीच आपसी एकता, सहयोग र भाइचारा अझ मजबुत बनाउन आह्वान गरे।

    अन्त्यमा अध्यक्ष कुमार केसीले शुभकामना मन्तव्य राख्दै सबै सहभागीप्रति धन्यवाद व्यक्त गरेका थिए।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation