
बुटवल, ८ असोज। लायन्स क्लब अफ बुटवल स्टार्सको नवौंस्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रम मंगलबार बुटवलमा सम्पन्न गरेको छ । क्लबका अध्यक्ष राजन जि सिकोअध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी नेपाल का गभर्नर बालाराम भट्टराईले क्लबले छोटो समयमा नै उत्कृष्ट काम गरेको बताएका थिए । लायन्सवाद नै विश्वको उत्कृष्ट शैली रहेको भन्दै उनले विभिन्न सामाजिक काममा हामी सेवा गर्छौं भन्ने मूल नारालाई आत्मसाथ गर्दै अगाडी बढाएको बताए । विद्यालय निर्माण,स्वास्थ्य शिविर, भोकोपन निवारण मेन्टलहेल्थनिवारणलगायतका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको प्रशम्सा गरे । बुटवल स्टार्सले गरेको काम अन्य क्लबहरुको लागि समेत नमूनाको रुपमा रहेको भन्दै स्टार्सको सिको अन्य क्लबले गर्नुपर्ने बताए ।
कार्यक्रममा एलसिआइएफ मल्टीपल डिष्ट्रिक कोर्डीनेटर तथा पूर्व गभर्नर अरुण प्रताप राणा,डिष्ट्रिक ३२५ पी का नि बर्तामान गर्भनर पुरुषोत्तम प्रधानाङ्ग, फष्ट भिडिजी तथा क्लबका संस्थापक अध्यक्ष सन्दिप कसौधन, सेकेन्ड भिडिजि मिना पन्थी, पूर्व मल्टीपल काउन्सिल चेयरफर्सन तथा पूर्व गर्भनर सुनिल ओझा ,पूर्व गर्भनरहरु अर्जुनमान सैंजु,नवराज न्यौपाने,महेन्द्र नारायण श्रेष्ठ, डिष्ट्रिक सचिव एमएल पाण्डे, डिष्ट्रिक कोषाध्यक्ष संगम न्यौपाने लगायतले आ–आफ्नो भनाइ राखेका थिए । क्लबका निवर्तमान अध्यक्ष भुपेन्द्र अर्यालेले आफ्नो कार्यकालमा विभिन्न कार्यक्रम तथा क्रियाकलापमा संयोजकको भूमिका निर्वाह गर्ने क्लबका सदस्य तथा सहयोगी सबैलाई धन्यवादसहित मायाको चिनोले सम्मान गरेका थिए ।
सोहिकार्यक्रममा पाल्पाको माथागढी गाउपालीका वडा न ४ देवगिर स्थीत रत्न माध्यमिक विधालयलाई ६ सेट कम्प्युटर र फर्निचर स्कुललाई हस्तारण गरेको थियो साथै डिष्ट्रिक एनएलएफ फन्टमा मा ५१ हजार र एमजेएफ फन्टमा ५ सय ५० डलर रकम गभर्नर बालाराम बालाराम भट्टराई लाई क्लबका अध्यक्ष राजन जिसिले चेक हस्तारण गरेका थिए । अध्यक्ष जिसिलेक्लवको शाखलाई सदैव उच्च्तम विन्दुमा राख्न आफूले भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे । क्लबले आगामी दिनमा गरिव तथा जेहदार बालबालिकाको शिक्षा र स्वास्थ्यमा विशेष काम गर्ने उनको भनाइ थियो । क्लबका पूर्व अध्यक्ष द्धय दिपक भट्टराई र एमएल पाण्डेलाई विशेष सम्मान गरिएको थियो ।
डिएस भट्टराई को संयोजकत्वमा भएको कार्यक्रममा क्लबका सचिव पिताम्बर अर्याल र सहसचिव छविन्द्र भट्टराई ले कार्यक्रम संचालन गरेका थिए । संस्थापक अध्यक्षसहित पदाधिकारीहरुलाई सम्मान गरिएको थियो ।