विश्व शान्ति बौद्ध विहारको तेस्रो बार्षिक साधारण सभासम्पन्न

  • मानपकडि ,८ असोज । रुपन्देहीको शुद्धोदन गाउँपालिका वडा नम्बर ५ खजुरीया अवस्थित विश्व शान्ति बौद्ध विहारको तेस्रो बार्षिक साधारण सभा बुधबार संस्थाको प्राङ्गणमा एक समारोहबीच सम्पन्न भएको छ।विश्व शान्ति बौद्ध विहारका अध्यक्ष शोभा आलेको अध्यक्षतामा र शुद्धोदन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा प्रमुख अतिथि विष्णुप्रसाद बस्यालले पानशमा दिप प्रजोलन गरि कार्यक्रमको उद्घाटन गर्नुभयो।सो अवसरमा प्रमुख अतिथि बस्यालले यस विश्व शान्ति बौद्ध विहारले गरेको कार्यले शुद्धोदन लाई नया पहिचान दिने छ।
    र गौतम बुद्धका पिताको नाम बाट रहेको पालिका लाई विश्व शान्ति बौद्ध विहारले अझै चर्चामा ल्याउनेछ भन्ने भरोसा रहेको बताउदै यस विश्व शान्ति बौद्ध विहारले धम्महल निर्माणकार्य सम्पन्न गर्न पालिका निरन्तर रहने प्रतिबद्धता जनाउनु भयो।शुद्धोदन गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले आजको यस साधारणसभामा प्रस्तुत गरिएको धम्महल निर्माणकार्यमा प्रदेश सरकार र स्थानीय सरकारले बजेट विनियोजन गरेको छ। र स्थानीयका विभिन्न ठाउँबाट दान दाताहरूले दान गरि धम्महल निर्माणकार्यमा सहयोग पुर्‍याउनु भएकोमा धन्यवाद दिदै अगामी दिनमा गाउँपालिका स्थानीय सरकार प्रदेश सरकार र केन्द्रीय सरकार लगायतले धम्महल निर्माणकार्यमा हातेमालो गर्न आग्रह गर्नुभयो ।

    शुद्धोदन ५ का वडा अध्यक्ष चन्द्रभान चौधरीले यस विश्व शान्ति बौद्ध विहार लाई वडा कार्यालयले गत दिनमा सहयोग गर्दै आएको छ।भने आगामी दिनहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता गर्नुभएको थियोे । उक्त तेस्रो साधारणसभामा अध्यक्ष प्रतिवेदनमाथि प्रकाश पार्दै अध्यक्ष शोभा आलेले धम्महल बनाउने कार्यलाई प्रदेश सरकारबाट २०८१ /८२को विनियोजित बजेट बाट रकम रु २० लाख बाट विम ढलाई सम्मको कार्य भएको र लुम्बिनी प्रदेशसभा सदस्य तुल्सी प्रसाद चौधरीको विशेष पहलमा २०८२/०८३ को बजेट रकम २० लाख बजेट अधुरो धम्महलको लागि विनियोजित भएको अध्यक्ष आलेले बताउदै शुद्धोदन गाउँपालिका द्वारा विश्व शान्ति बौद्ध विहारको अपूर्ण धम्महल पूर्ण निर्माणको लागि आ.व. ०८२/०८३को बजेटबाट २० लाख रकम विनियोजित भएको अध्यक्ष शोभा आलेले अध्यक्ष प्रतिवेदनमाथि प्रकाश पार्दै जानकारी दिनुभएको थियो ।तेस्रो साधारणसभामा अध्यक्ष शोभा आलेको प्रतिवेदन प्रस्तुत र कोषाध्यक्ष केवल सिंह रानाको कोषाध्यक्ष प्रतिवेदन प्रस्तुत सर्वसम्मत साधारणसभाले पारित गरेको थियो ।उक्त कार्यक्रममा संस्थापक अध्यक्ष टोलप्रसाद राना, संस्थाका विशिष्ट दानी दाता बलीराम थापा मगर,संस्थाका पुर्व अध्यक्ष नीरबहादुर राना,समाजसेवी कृष्ण ढुम्रे,समाजसेवी यमबहादुर घर्ती मगर लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो। संस्थाका उपाध्यक्ष अमृत गाहाको स्वागतमा र संस्थाका सचिव धनबहादुर गाहा थापाको सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियो।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation