
बुटवल,७ असोज । हालै देशमा भएको जेन–जी आन्दोलन कारण तोडफोड र आगजानी भएका बुटवलका दुई वटा सरकारी कार्यालयमा कम्प्युटर एसोसिएसन नेपाल महासंघ रुपन्देही (क्यान महासंघ रुपन्देही शाखा) ले कम्प्युटर र कम्प्युटर सहयोग प्रदान गरेको छ । मंगलबार बुटवलमा एक कार्यक्रमको आयोजनागरी ईलाका प्रशासन कार्यालय बुटवल र उच्च अदालत तुलसीपुर बुटवल ईजलास सरकारी वकिलको कार्यालय बुटवलमा ल्यापटप, प्रिन्टर सहयोग प्रदान गरिएको महासंघ रुपन्देशी शाखा अध्यक्ष जीवन अधिकारीले जानकारी दिए ।कार्यालयहरुमा भएको चोरी, तोडफोड र आगजनिले कार्यालयहरुको दैनिक सेवा प्रबाहमा परेको समस्या समाधान गर्ने उदेश्यका साथ महासंघले कोषबाट र अन्य रकम आफ्ना सदस्यहरुबाट सहयोग संकलन गरि प्रदान गरिएको हो ।ब्रान्डेड आई फाईभ डेक्सटप कम्प्युटर एक थान र एक थान मल्टी कलर प्रीन्टर प्रदान गरिएको हो । क्यान महासंघ रुपन्देहीका अध्यक्ष जीवन अधिकारीले भने–‘हामिले गरेको सहयोगले आम नागरिकलाई राज्यले प्रदान गर्ने सेवाप्रबाहमा सहयोग पुग्ने अपेक्षा गरेका छौ। ’
कार्यक्रममा इलाका प्रशासन कार्यालयका प्रमुख रामचन्द्र अर्याल ले धन्यवाद दिदै यो सामाग्री प्राप्त भएपछि नावालिक परिचयउ पत्र बितरण गर्न सकिने बताउदै निजि क्षेत्र र सरकारी निकाय अफ्ट्यारो पर्दा एकाअपसमा सहकार्य गर्नुपर्ने बताएका थिए ।उच्च सरकारी वकिलको कार्यालय बुटवलका कार्यालय प्रमुख निमित्त सह–न्यायाधिवक्ता प्रकाश मरासिनीले आफ्नो कार्यालय जलेर सम्पुर्ण सामग्री नस्ट भएको समयमा दैनिक कार्य गर्न कम्प्युटर र प्रीन्टर सहयोग गरेकोमा धन्यवाद दिएका थिए । क्यान महासंघ रुपन्देहीका सचिव सुरेशचन्द्र भट्टराईका अनुसार डेल डेक्सटप माईक्रो पीसी कम्प्युटर २० ईन्च एलईडी मोनिटर २ पिस को मुल्य १ लाख ३० हजार र प्लाटीनम मल्टी फंसन प्रिन्टर दुई वटाको १ लाख ८३ हजार रुपैयाँ रहेको छ ।