शुद्धोदन गाउँपालिका ५ शीतलपाटी अवस्थित श्री भुवनेश्वरी कोटहीमाई मन्दिरमा दर्शन गर्न आउनेको घुइँचो

  • मानपकडि,६ असोज । रुपन्देहीको शुद्धोदन गाउँपालिका ५ शीतलपाटी अवस्थित श्री भुवनेश्वरी कोटहीमाई मन्दिर दरबहवामा
    हिन्दु हरुको महान चार्ड बडा दशै घटस्थापना नवरात्रारम्भको अवसरमा शुद्धोदन गाउँपालिकाका विभिन्न वडा र छिमेकी पालिकाका भक्तजनको जल लिन र दर्शन गर्न आउने हरुको घुइँचो लागेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर बुढाथोकीले बताउदै श्री भुवनेश्वरी कोटहीमाई मन्दिर दरबहवामा आज घटस्थापना दिन देखि दुर्गा पुजा सुरुवात भएको छ। साझ हरेकदिन सन्ध्या कालिन आरती तथा भजन कृतन सम्पुर्ण भक्तजनहरुमा निमन्त्रणा गर्दै यस मन्दिरको नेपाल सरकार पुरातत्व बिभाग ले मिति २०७५ फागुनमा अध्ययन पश्चात करिब १३ सय वर्ष भन्दा पुरानो हुनुपर्ने बताएका थिए। भने असाधारण रुपका २ वटा कुवा आज पनि देखिन्छन । लुम्बिनी संग मिल्दा जुल्दा ईटा बाट बनेका प्राचीन पर्खाल मन्दिरको पश्चिम उत्तर तर्फ आज पनि प्रत्यक्ष अवलोकन गर्न सकिने अध्यक्ष बुढाथोकीले बताउदै यस मन्दिरको परिसरमा प्रत्येकवर्ष कार्तिक पूर्णिमामा एकहप्ते नमूनाको रुपमा मेला लाग्ने गर्दछ।

    मेलाको स्थान लाई सिद्धपीठ मानेर भक्तजनहरु आफ्‌ना मनोकामना पूर्ण गर्नका लागि छिमेकी मुलुक भारत देखि पनि यहाँ आउने गरेको पाइएको बुढाथोकीले बताउदैधर्मशाला भवन निर्माण गर्ने मनसायले मिति २०७५ चैत्र ०८ गते देखि १६ गते सम्म मन्दिर परिसरमा श्रीमद् देवी भागवत नवाह महायज्ञ गरि हाल धर्मशाला भवन निर्माणकार्य अन्तिम चरणमा रहेको छ। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर बुढाथोकीले जानकारी दिनुभएको थियो।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation