बुटवल ,६ असोज । राष्ट्रपति भवन शीतल निवासमा नवनियुक्त ४ जना मन्त्रीहरूले शपथ लिएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, उद्योग तथा भूमिसुधार मन्त्री अनिलकुमार सिन्हा, सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेल र कृषि मन्त्री डा. मदन परियारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार अपराह्न शपथ लिएका हुन्। 












