मन्त्रिपरिषद्को महत्त्वपूर्ण निर्णय :साना टुक्रे आयोजना रोक्का, पुनर्निर्माण कोष र समिति गठन

  • काठमाडौँ,५ असोज। सरकारले सरकारी खर्चमा व्यापक कटौती गर्ने र क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माणका लागि एक कोष तथा समिति गठन गर्ने लगायतका महत्त्वपूर्ण निर्णय गरेको छ ।आज बसेको मन्त्रिपरिषद् बैठकले यी निर्णयहरू गरेको हो ।
    अर्थमन्त्री खनालका अनुसार सरकारले खर्च कटौती गर्ने उद्देश्यले ३ करोडभन्दा कम रकमका टुक्रे आयोजनाहरूमा विनियोजन गरिएको रकम तत्कालका लागि रोक्का राख्ने निर्णय गरेको छ । साथै आयोजना बैंकमा प्रविष्टि नगरेका वा अर्थ मन्त्रालयको सूचना प्रणालीमा प्रविष्ट गरेर आगामी बजेटमा पछि प्रविष्टि गरिनेछ भनिएका आयोजनाहरू र राजनीतिक दबाबमा राखिएका आयोजनाहरूका लागि छुट्याइएको रकम पनि रोक्का गरिएको छ । यस निर्णयबाट चालु खर्चसहित करिब १ खर्ब २० अर्ब रुपैयाँ बराबरको रकम बच्ने देखिएको छ। रोक्का गरिएको रकमबाट पहिले सम्पन्न भए पनि निर्माण व्यवसायीलाई भुक्तानी दिन बाँकी रहेका कामको भुक्तानी गर्ने व्यवस्था मिलाइने मन्त्रालयले जनाएको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation