निष्पक्ष निर्वाचन र संविधान रक्षा प्रमुख जिम्मेवारी: गगन थापाले

  • काठमाण्डौ,३० भदौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निष्पक्ष निर्वाचन र संविधान रक्षा प्रमुख जिम्मेवारी भएको बताएका छन्।
    सोमबार नेपाली कांग्रेसमा आबद्ध भएका व्यक्तिहरूलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन‍्।
    यस्तै उनले पार्टी पुनर्गठन गर्नु आजको अनिवार्य आवश्यकता भएको समेत बताएका छन्। ‘पार्टी पुनर्गठन आजको अनिवार्य आवश्यकता हो। संविधान दिवसकै दिनदेखि संकल्पसहित पुनर्गठन अभियान सुरु गरौँ’ उनले भनेका छन्, ‘जेन जेड आन्दोलनले उठाएको भ्रष्टाचारमुक्त राज्य र समाजको नेतृत्व गर्ने पार्टी बनाउने गरी पार्टीको सदस्यता, संगठन संरचना, नेतृत्व चयन प्रक्रियादेखि हाम्रा मुद्दा र शैली सबैमा आमूल सुधार जरुरी छ।’
    पार्टी पुनर्गठनका क्रममा आफू महामन्त्री पद त्याग्न समेत तयार रहेको घोषणा गरेका छन्।
    ‘यसको लागि म सहर्ष महामन्त्री पद छोड्न तयार छु । यसमा छलफल सुरु गरौँ। स्वीकार गरौँ९गल्ती भएको छ अनि आत्मसमीक्षा, आत्ममुल्यांकन र आत्मसंकल्प गरौँ’, उनले लेखेका छन्।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation