भारतीय आयल निगमले नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढाएर पठायो

  • बुटवल,३० भदौ। भारतीय आयल निगम (आईओसी) ले नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ।
    आईओसीबाट ३० भदौमा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर २ रुपैयाँ २९ पैसा र डिजेलमा ३ रुपैयाँ ४६ पैसा बढेर आएको निगमले जनाएको छ । आसन्न चाडपर्वको अवसर एवं मुलुकको हालको विषम परिस्थितिमा पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्यमा वृद्धि गर्दा आम उपभोक्ता वर्गमा पर्न जाने मूल्य वृद्धिको चापलाई कम गर्न र मूल्य स्थिरता कायम गरी मुलुकभरि पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न साबिकको खुद्रा मूल्यलाई नै यथावत कायम हुने नेपाल आयल निगमले जनाएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation