लुटपाट भएका सामग्री फिर्ता गरिदिन राष्ट्रपति कार्यालयको सूचना

  • काठमाडौँ,२९ भदौ । राष्ट्रपति कार्यालयले गत मंगलबार भएको आजगनी तोडफोडका क्रममा लुटपाट भएका सामग्री बुझाइदिन सूचना जारी गरेको छ
    राष्ट्रपति कार्यालयले आइतबार विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको कार्यालयमा रहेका कम्प्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानर, टि।भि। कुर्सी लगायतका भौतिक सामग्रीहरू कार्यालय परिसरबाट लुटपाट चोरी भउको उल्लेख गरेको छ ।
    कसैले राष्ट्रपतिको कार्यालय जि‍.खा.पा.नं. उल्लेख भएका वा नभएका समान देख्नु भएमा वा भेटाउनु भएमा वा कुनै माध्यमबाट आफ्नो साथमा रहेको भएमा यस कार्यालयमा बुझाई सहयोग गरिदिनुहुन यो सूचना प्रकाशन गरिएको छ,सूचनामा भनिएको छ । सूचना दिने व्यक्तिको परिचय गोप्य राखिनेछ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation