पहिलो महिला महान्यायाधिवक्ता नियुक्त भइन् सविता भण्डारी बराल

  • काठमाडौँ,२९ भदौ । वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल महान्यायाधिवक्ता नियुक्त भएकी छिन् । प्रधानमन्त्री सुशीला कार्कीले उनलाई नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी थिइन् ।प्रधानमन्त्रीको सिफारिसमा उनलाई महान्यायाधिवक्ता नियुक्त गरिएको हो । आजैमात्रै महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा राष्ट्रपति पौडेलले स्वीकृत गरेका थिए । यो सँगै मुलुकले पहिलो पटक महिला महान्यायाधिवक्ता पाएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation