बुटवलको भाटभटेनीबाट आइसक्रीम चोर्ने कालिका मानवज्ञानका शिक्षक निस्काशन

  • बुटवल,२८ भदौ । जेनजी समूहको आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटमा तोडफोड र चोरीमा संलग्न भएको आरोपमा कालिका मानवज्ञान माध्यमिक विद्यालयले शिक्षक शिव शंकर शुक्लालाई बर्खास्त गरेको छ ।
    विद्यालयका प्रधानाध्यापक दिनेश थापाद्वारा जारी विज्ञप्तिमा शुक्लाले २४ गते भएको आन्दोलनका क्रममा भाटभटेनीमा आगजनी, तोडफोड तथा सामान चोरीमा संलग्न रहेको प्रमाणित भएकाले विद्यालयको आचारसंहिता विपरीत गतिविधि गरेको ठहर गर्दै निष्कासन गरिएको उल्लेख गरिएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation