बुटवल, २७भदौ । खुद्रा किराना व्यवसायी संघ रुपन्देहिले बर्तमान परिवेशमा कालोबजारी हुने संभावन रहेको भन्दै सचेत हुन सबैमा अग्रह गरेको छ । खुद्रा किराना संघका अध्यक्ष महेन्द्र प्रसाद पोखरेलद्वारा जारी विप्रेस विज्ञप्ती मा २०८२ भाद्र २३ गते देखि विभिन्न सुधारको माग राखि देशव्यापी प्रर्दशनको क्रममा भएको जनधनको क्षति प्रति खुद्रा किराना व्यवसायी संघ रुपन्देही गहिरो दःख व्यक्त गरेका छन ।
सुशासन पारर्दशिता र सामाजिक न्याय खातिर अब कसैले पनि एक थोपा रगत बगाउन नपर्ने प्रस्थिति निर्माण गर्नका लागी आग्रह गर्रेका छन । विज्ञप्तिमा प्रदर्शनको क्रममा उपत्याका लगाएत देशका विभिन्न ठाउमा भएको धनजनको क्षेति प्रति दुःख प्रकट गर्दै ज्यान गुमाउनु भएका प्रति भावपूर्ण श्राद्धान्जली अर्पण गर्दै आन्दोलनका क्रममा घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
युवाहरुले देखाएको चाहाना अनुरुप सुशासन पेशा व्यवासाय गर्ने बातावरण तयार गर्न हार्दिक अनुरोध विज्ञप्तिमा गरिएको छ ।
साथै देश विषम प्ररिस्थितिमा रहेकोले बजारमा काला बजारी हुनेहुदा साना व्यवसायी र उपभोक्तालाई समेत असर हुनेहुदा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छन् ।












