प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेकाे संख्या दुई पुगेव

  • काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वर स्थित संसद् भवन अगाडि भएको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेकाे संख्या दुई पुगेकाे छ भने करिब ७० जना घाइते भएका छन् ।  साेमबार भ्रष्टाचार लगायत विरुद्ध जेनजी पुस्ताले प्रदर्शन गरेकाे थियाे ।
    घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो । अस्पतालका प्रा.डा. मोहनचन्द्र रेग्मीले मृत्यु भएको पुष्टि गरेका हुन् । 
    नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि भएको प्रदर्शनमा सुरक्षाकर्मी र प्रदर्शनकारीतर्फ करिब ७० जना घाइते भएका प्रहरीका एक जना उच्च अधिकृतले  बताए ।घाइतेहरूको मीनभवनस्थित सिभिल अस्पताल र अन्य अस्पतालहरूमा उपचार भइरहेको छ । 

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation