भारतका प्रधानन्यायाधीश लुम्बिनी भ्रमणमा

  • लुम्बिनी,२१ भदौ। बुटवल । भारतका प्रधानन्यायाधीश भूषण रामकृष्ण गवईले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन्। प्रधानन्यायाधीश भएपछिको उनको यो पहिलो नेपाल यात्रा हो।लुम्बिनी प्रवेश गरेपछि गवईलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामा, सदस्य–सचिव सानुराजा शाक्य, , कार्यकारी सदस्य श्याम रोक्का, वरिष्ठ प्रशासन प्रमुख ज्ञानिन राईसहित कोषका अधिकारी तथा कर्मचारीहरूले स्वागत गरेका थिए ।भ्रमणका क्रममा गवईले लुम्बिनी क्षेत्रको ऐतिहासिक तथा धार्मिक महत्वबारे जानकारी लिए । उनले मायादेवी मन्दिर परिसरमा पुगेर बुद्ध जन्मस्थल अवलोकन गर्दै सूत्रपाठ गरे । साथै विश्व शान्ति, मानव कल्याण, नेपालको प्रगति र भारतनेपालबीचको मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ होस् भन्ने कामना गर्दै दियो प्रज्वलनसमेत गरे ।
    लुम्बिनी भ्रमणपछि गवईले लुम्बिनी विकास कोषका पदाधिकारीहरूसँग गुरुयोजना र हाल सञ्चालनमा रहेका विकास(निर्माणका गतिविधिबारे चासो देखाए । उनले लुम्बिनीलाई अन्तर्राष्ट्रिय स्तरमा थप प्रचारप्रसार गर्न नेपालले गरेको प्रयासको प्रशंसा गरे । यस क्षेत्रमा भारतको सहकार्य निरन्तर रहने विश्वास उनले व्यक्त गरे । प्रधानन्यायाधीश गवईलाई कोषका उपाध्यक्ष लामाले बुद्धको मूर्ति उपहार प्रदान गरे ।

    उक्त कार्यक्रममा नेपाल र भारतका न्यायाधीश तथा विधिवेत्ताबीच आपसी अनुभव आदानप्रदान, न्याय क्षेत्रका चुनौती तथा सम्भावना बारेसमेत छलफल गरिएको थियो । प्रधान न्यायाधीश गवईको यस भ्रमणले लुम्बिनीमार्फत नेपालको पर्यटन, सांस्कृतिक र धार्मिक महत्त्व अझै उच्चस्तरमा पुग्ने विश्वास लिएको लुम्बिनी विकास कोषले जनाएको छ

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation