
शुद्धाेदन,२० भदौ । रुपन्देहीको शुद्धोदन गाउँपालिका २ बनगाई, अवस्थित “सिप सन्चालन हाम्रो अभियान, आर्थिक क्रियाकलापमा सहभागी हुँदा बढछ आत्मसम्मान” मुल नाराका साथ खडवा बनगाई सामुदायिक सिकाई केन्द्र शुद्धोदन २ बनगाई, रुपन्देही १८औ साधारण सभा सिकाई केन्द्रकाे सभाहलमा शुक्रबार एक समारोहबीच सम्पन्न भएको छ।
खडवा बनगाई सामुदायिक सिकाई केन्द्रका अध्यक्ष उमाकान्त चापागाईकाे अध्यक्षतामा र शुद्धोदन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि विष्णुप्रसाद बस्यालले पानशमा दिप प्रजोलन गरि उद्घाटन गर्नुभएको थियो।सो साधारणसभामा संस्थाका अध्यक्ष उमाकान्त चापागाईकाे आर्थिक बर्ष २०८१/८२ को प्रगति प्रतिवेदन र यस आ.व. २०८२/८३ को निति तथा कार्यक्रम प्रस्तुतमा २०८१/८२मा आधारभुत सिलाइ कटाइ तालिम,आधारभुत व्युटीपार्लर तालिम,
आधारभुत डल तथा कुशन तालिम,एडभान्स डल तथा कुशन तालिम,एडभान्स सिलाइ कटाइ,आधारभुत कम्प्युटर तालिम र आजिवन सिकाइ गरि २ सय ३७ जनाले तालिम लिएको र यस केन्द्रले शुद्धोदन गाँउपालिका वडा नम्बर १ देखि ७ नम्बर मा बसोबास गर्ने युवा युवतिहरुलाई मात्र तालिममा सहभागी नगराई यस शुद्धोदन गाँउपालिका सँग जोडिएको बुटवल उपमाहा नगरपालिका वडा नम्बर १६ बैठौलिया, कपरकट्टी, नरैनपुर वडा नम्बर १४ बिनायकपुर, मनहरापुर सियारी गाँउपालिका, सैनामैना नगरपालिका समेतका युवायुवती हरुकाे सहभागी गराई तालिम दिलाउदा प्रत्येक वर्ष चाँप बढ्दै गएको साथै आर्थिक दबाब समेत बढेकोले आ.व.२०८२/०८३मा शुद्धोदन गाँउपालिका कार्यालय मानपकडी र वडा कार्यालय २ भुजौली रुपन्देहीबाट यस केन्द्रले तालिम सन्चालन गर्नको लागि विनियोजन भएको रकम अपुग हुने र थप रकमको लागि संस्थाका अध्यक्ष उमाकान्त चापागाईंले प्रतिवेदन मार्फत आग्रह गर्नुभएको थियो।शुद्धोदन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले शैक्षिक आय आर्जन र सिपमुलक तालिम प्रदान गर्न पालिकामै विगत देखि खडवा बनगाई सामुदायिक केन्द्र उत्कृष्ट रहदै आएको भन्दै थप सफलताको शुभकामना व्यक्त गर्दै सिकाई केन्द्रको शैक्षिक उन्नतिका लागि उल्लेखिय कार्य गरेको प्रतिबेदनबाट पाएको भन्दै आगामी दिनमा पनि पछाडी पारिएक महिला, वालवालिकालाई शैक्षिक कार्यमा अगाडी बढाउन शुद्धाेदन गाउँपालिका र वडा कार्यालयले सहयोग रहने पालिका अध्यक्ष बस्यालले बताउनुभयो।
शुद्धोदन गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले यस संस्थाले लुम्बिनी प्रदेशमै उत्कृष्ट कार्य गरेकोले शुद्धोदन गाउँपालिकाको नाम राखेकोमा धन्यवाद व्यक्त गर्नुभयो।शुद्धोदन गाउँपालिका २ का वडा अध्यक्ष कमल खड्का क्षेत्रीले सिक्ने क्रम कहिल्यै नरोकिने बताउँदै सामुदायिक सिकाइ केन्द्रले निरन्तर शिक्षा अनौपचारिक शिक्षा आदिलाई नियमितरूपमा सञ्चालन गर्दै जानुपर्ने बताउनुभयो।बताउदै यस सिकाई केन्द्रमा तालिम लिनेहरुको चाप बडी भएको हुदा र व्यवस्थापनको लागि स्थानीय र प्रदेश,केन्द्र सरकारले बजेटको व्यवस्थापन गर्न आग्रह गर्नुभयो।साे कार्यक्रममा बनगाई डाडाँ टोल विकास संस्थाका अध्यक्ष कमला खराल,नमुना टोल विकास संस्थाका अध्यक्ष खेम बहादुर गोदार लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे।संस्थाका आजिवन सदस्य भीमबहादुर रानाको स्वागतमा र संस्थाका आजीवन सदस्य नगेन्द्र ददुवाकाे सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियो।