
बुटवल ,१९ भदौ । कोरिया अन्तराष्ट्रिय सहयोग नियोग ९कोइका० नेपालका कन्ट्री डाइरेक्टर मोहेन कोङ र नेपाल ईपीएस सेन्टरका कन्ट्री
रिप्रेजेन्टिभ किसु किम सहितको संयुक्त टोलीले आज बुटवल स्थित कोरिया नेपाल बहुप्राविधिक शिक्षालयको भ्रमण गरेका
छन् । भ्रमणका क्रममा उनिहरुले शिक्षालयको सम्पूर्ण पूर्वाधारको निरिक्षण र शिक्षालयमा भएका गतिविधिको अवलोकन
गरेका थिए । शिक्षालय कोइकाको सहयोगमा नेपालमा स्थापना भएको पहिलो शिक्षालय हो । सन् २०१३ मा कोइकाले
निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गरिएको शिक्षालयमा डिप्लोमा तहमा अटोमोबाइल, इलेक्ट्रिकल
एण्ड इलेक्ट्रोनिक्स, सूचना प्रविधी, मेकानिकल र रेफ्रिजेरेशन एण्ड एअर कण्डिशनिङ ईन्जिनियरिङ कार्यक्रमको
अध्यापन गराइन्छ ।
भ्रमणको क्रममा कोरिया सरकारको सहयोगमा स्थापना गरिएको शिक्षालयले विश्व श्रम बजारको लागि आवश्यक
सीपयुक्त जनशक्ति उत्पादन गर्न गरेको प्रयास प्रति कन्ट्री डाइरेक्टर कोङले सन्तुष्टी व्यक्त गर्नु भएको थियो । उक्त
अवसरमा वहांले शिक्षालयको स्थापनाको उद्येष्य पुरा गरेर कोरिया सरकारको सहयोगलाई सार्थक बनाउन सबैले मिलेर
काम गर्नु पर्ने आवश्यकता औंल्याउनुभयो । कोरिया सरकारद्वारा सहयोग गरिएका सामाग्रीको शिक्षालयले गरेको
सदुपयोग र व्यवस्थापन देखेर मलाई खुशी लाग्यो वहाँले भन्नु भयो ।
त्यस्तै नेपाल ईपीएस सेन्टरका कन्ट्री रिप्रेजेन्टेटिभ किमले एचआरडी कोरियाको समन्वयमा शिक्षालयले विगत दुई
वर्षदेखि सन्चालन वेल्डिंग व्यावसायको रुट ईण्डष्ट्रीको तालीमको सह्राना गर्नुभयो । जसरी विगतमा शिक्षालयले सत
प्रतिसत नतीजा ल्यायो त्यसैगरि यस वर्ष पनि राम्रो नतीजा ल्याउन सकोस वहाँले भन्नु भयो ।
शिक्षालय प्रमुख नविन किशोर गैह्रेले भ्रमण टोलीलाई सहजीकरण र शिक्षालयको बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो ।