
बुटवल १९ भदौ । विहिवार हजरत मोहम्मद मुस्तफा स्वल्लल्लाहो लैहेवसल्लम १५०० औं जन्मोत्सव अवसरमा बुटवल बिकाश पथमा रहेको मदिना मदरसा मस्जिद प्रबन्ध परिषद रक्तदान कार्यक्रम सप्पन्न गरेको छ ।
रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको थियो । जन्मोत्सव कुनै न कुनै सामाजिक काम गर्नुपर्ने मान्यता अनुसार यो कार्य गरिएको अध्यक्ष हाजि सकुर मिया बताए। अध्यक्ष मियाले फजुल खर्च गर्नु भन्दा आफ्नो खेर जाने रगतलाई दान गर्दा कसैको जीवन बाँच्ने उनको भनाई छ । नयां पीडिलाई पनि जन्मदिनमा मानवीय सेवामा लाग्न पे्ररेणा दिनसके समाजमा मानवीय सेवा भाव बढ्न सक्ने र भविष्यमा समाजमा केही अभाव हुन नसक्ने उनको बताए ।
सस्थाका अध्यक्ष हाजि सकुर मिया रक्तदाता लाइ ब्ल्ड ब्याग हस्तान्तरण गरि कार्यक्रमको उदघाटन गरिएको छ ।
कार्यक्रममा ७२ जना रक्तदान गरेको कार्यक्रम संयोजक अन्जिल खानले बताए । संयोजक खानले भने यदि एउटा दिनले कसैको पूरै जीवन बदल्न सक्छ भने किन त्यो दिन केवल आफैंका लागि मात्र मनाउने उनले भने-‘रगतको थोपाले जिन्दगीको धड्कन फेरि चल्न सक्छ, आशा मरेका आँखामा फेरि चमक आउन सक्छ र अनिश्चित भविष्य फेरि उज्यालो बन्न सक्ने बताए। कार्यक्रममा संरक्षक हाजि जमाल मिया, सस्थाका पदाधिकारी र रक्तदाता हरुलाइ प्रमाणपत्र प्रदान गरएिको छ ।