जितेको पुरस्कारबाट बृद्धाश्रममा सहयोग

  • बुटवल,१९ भदौ । बुटवलउपमहानगरपालीका -६ चन्द्रनगरमा रहेको स्वास्थ्य सहनशील आमा समुहले बिहिबार बुटवल तल्लो फुलबारीमा अवस्थित श्री सिद्धबाबा दुर्गाभवानी शिबकुमारी बृद्धाश्रममा राहत सहयोग प्रदान गरेको छ ।
    बुटवल उपमहानगरपालिका ६ नंबर वडा कार्यालय, मुक्ति एफ्एम र अन्नपुर्ण माबिले आयोजना गरेको बुटवल उपमहानगर स्तरीय तिज गीत प्रतियोगितामा प्रथम भएको सो टिमले प्राप्त पुरस्कारलाई सामाजिक उत्तरदायित्व अन्तरगत बृद्धाश्रममा सहयोग गरेको हो ।
    तिजी कार्यक्रम अन्तर्गत भाद्र ४ गते सम्पन्न कार्यक्रममा १३ वटा प्रतियोगि मध्येबाट प्रथम गरेको सो समुहले जितेको पुरस्कार भोजभतेर गरेर खर्च गर्नुको सट्टा राहत बितरण गरि सामाजिक सेवाको काम गरेको समुहकी अध्यक्ष सानू शर्मा भण्डारीले बताईन ।
    बजेता समुहका टिम सहभागी सो समुहले बृद्दाश्रममा फलफुल खाद्यान लगायतका सामाग्री बितरण गरेको थियो ।


    तीज संस्कृति भड्किलो बनिरहेकोमा चिन्ता ब्यक्त गर्दै कसैले उत्सव मनाईरहँदा अशक्त, बेसहारा तथा बृद्ध बुवाआमाको अनुहारमा थोरै भएपनि राहत दिने उद्देश्यले समाजिक उत्तरदायित्व बहन गरेको समुहको नेतृत्व गरेकी कोरियोग्राफर कमला केसी खनालले बताईन ।
    समुहले यसरी सहयोग गरेकोमा खुसि ब्यक्त गर्दै बृद्धा बुवाआमाले आशिर्बाद दिंदै सामाजिक काममा सकृय हुन थप उद्देलित गरेको समुहकी सचिव रुपा काउचाले बताईन ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation