
काठमाडौँ ,१९ भदौ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ठुलो सङ्ख्यामा कर्मचारी सरुवा गरेको छ । सडक विभागका नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूहका ५६ जना राजपत्राङ्कित द्वितीय श्रेणीका सि.डि.ई. (सिनियर डिभिजन इन्जिनियर) को सरुवा गरिएको हो ।
मन्त्रालयले बुधबारको निर्णय अनुसार देशका विभिन्न सडक आयोजना तथा कार्यालयहरूमा उनीहरूलाई खटाइएको जनाएको छ । मन्त्रालयको निर्णयानुसार विभिन्न सडक डिभिजन, पुल सेक्टर, आयोजना निर्देशनालय तथा सडक विभागका महत्त्वपूर्ण शाखाहरूमा इन्जिनियरहरूलाई खटाइएको छ । यस सरुवामा ठुला राष्ट्रिय गौरवका आयोजनादेखि निर्माणाधीन सडक परियोजनाहरूलाई प्राथमिकता दिइएको देखिन्छ ।
हेर्नुस् सूची