संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाबाट पारित

  • काठमाडौँ ,१७ भदौ। बहुचर्चित सङ्घीय निजामती विधेयक राष्ट्रियसभाबाट पारित भएको छ । उक्त विधेयक गत असार १५ गते प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा गएको थियो । प्रतिनिधिसभाले पठाएको ६० दिनभित्र सन्देशसहित फिर्ता पठाउने अन्तिम दिन विधेयक पारित भएको हो ।
    राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले मंगलबार दिउसो सर्वसम्मत पारित गरेको विधेयकको प्रतिवेदन समितिका सभापति तुलसाकुमारी दाहालले दिउसो बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा पेश गरेकी थिइन । पहिलो बैठक १५ मिनेटका लागि स्थगित भए लगत्तै बसेको राष्ट्रिय सभाको दोस्रो बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव गरेकी थिइन ।
    मन्त्रीले प्रस्ताव पेश गरे लगत्तै सांसद कृष्णबहादुर रोकाया, गोपीबहादुर अछामी, गोपाल भट्टराई, मायाप्रसाद शर्मा, राधेश्याम पासवान, पदमबहादुर परियार विष्णुबहादुर विश्वकर्मा, रेणु चन्द लगायतका सांसदले छलफलमा भाग लिएका थिए । उनीहरूले राखेको धारणमा मन्त्री न्यौपानेले जवाफ दिएकी थिइन ।
    लगत्तै मन्त्री न्यौपानेले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेपछि सर्वसम्मतबाट पारित भएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation