रोट्र्याक्ट क्लब अफ बुटवल चौतारीको छैटौं पदस्थापन तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न

  • बुटवल , १६ भदौ । रोट्र्याक्ट क्लब अफ बुटवल चौतारीले प्रत्येक वर्षझैँ यस वर्ष पनि एक भव्य र ऐतिहासिक औपचारिक कार्यक्रम अन्तर्गत छैटौं पदस्थापन तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ। भदौ १४ गते शनिबार बुटवलस्थित आम्रपाली कलेज एण्ड रेस्टुरेन्टमा सम्पन्न उक्त कार्यक्रममा क्लबका नवनियुक्त अध्यक्ष युवराज अर्यालले अध्यक्षता गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा रोट्र्याक्ट डिस्ट्रिक्ट ३२९२ का डीआरआर दिनेश गैरे उपस्थित हुनुहुन्थ्यो।
    विशिष्ट अतिथिको रुपमा आइपी डीआरआर विक्रम क्षेत्री , स्पोन्सर क्लब रोटरी क्लब अफ बुटवल चौतारीका संस्थापक डा. विष्णु घिमिरे, तत्कालीन अध्यक्ष, एजी लगायतको उपस्थिति उल्लेखनीय रहेको थियो। साथै रिजन ५ अन्तर्गतका सम्पूर्ण रोट्र्याक्ट क्लबका अध्यक्ष, सचिव तथा क्लब सदस्य प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।
    कार्यक्रमको पहिलो सत्रको सञ्चालन पुरन विष्टले गर्नुभएको थियो भने स्वागत मन्तव्य सुजन शर्मा, शुभकामना मन्तव्य पूर्व अध्यक्ष कमल घिमिरे र संस्थापक अध्यक्ष लक्ष्मण श्रेष्ठले दिनुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि डीआरआर दिनेश गैरे, आइपी डीआरआर विक्रम क्षेत्री, डा. विष्णु घिमिरे, एजी दिनेशमणि सुवेदीलगायत सम्पूर्ण विशिष्ट अतिथिहरूले आ–आफ्नो मन्तव्य प्रस्तुत गर्नुभएको थियो।
    कार्यक्रमको दोस्रो तथा समापन सत्रको सञ्चालन सचिव भुपराज अर्यालले गर्नुभएको थियो। अन्त्यमा पूर्व अध्यक्ष बिदुर ज्ञवालीले सम्पूर्ण सहभागीलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।
    कार्यक्रममा पदभार ग्रहण पश्चात नवनियुक्त अध्यक्ष युवराज अर्यालले आफ्नो भावी योजना र कार्यदल घोषणा गर्दै अन्य अतिथिलाई धन्यवाद दिंदै औपचारिक रुपमा कार्यक्रमको समापन गर्नुभएको थियो।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation