लायन्स डिष्ट्रिक ३२५ पी फस्ट क्याबिनेट सम्पन्न

  • बुटवल,१५ भदौ । लायन्स क्लबहरुको डिष्ट्रिक ३२५ पी नेपालको फस्ट क्याबिनेट मिटिङ्ग तथा क्याबिनेट अफिसर्सहरुको पस्थापन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बंलादेश बाट इन्टरनेशनल डारेक्टर नाजकुल हक प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रम एरिया ३ आयोजनमा भएको हो। प्रमुख अथिती इन्टरनेशनल डारेक्टर नाजकुल हक ले क्याविनेट अफिसहरुलाई शपथ ग्रहण गराउनुभयो ।
    डिष्ट्रिक गभर्नर बालाराम भट्टराईले लायन बर्ष वर्ष २०२५/२६ को मूल नारालाई “ “Happy Hearts – Helping Hands” अर्थात् ‘खुसी मन – सहयोगी हातहरू’ नारा जस्तै समाजमा सामाजीक कार्य गर्ने बताउनुभयो । गभर्नर भट्टराईले लायन्स क्लबको सामाजिक उदेश्यलाई थप आमनागरिक समक्ष लैजाने, लायन्सको अभियानमा जोडिने नागरिकको संख्यामा बृद्धि गर्ने र क्लबको संख्या बढाउने तथा सामाजिक सेवा लगायत विभिन्न प्रतिवद्धताले आफुमा निकै उर्जा थपिएको बताउनुभयो । लायन्स क्लबको स्थापनाको इतिहास,डिष्ट्रिक ३२५ पि नेपाल लायन्स मार्फत गरिएका मानविय सेवा र यसले नेपालको सेवा क्षेत्रमा खेलेको भूमिकाको समेत चर्चा गर्नुभएको थियो । जस्तै मेन्टल हेल्थ,आँखा अस्पताल, प्रसुति अस्पताल, दन्त अस्पताल, स्वास्थ्य क्लिनिकहरु ,पार्क निर्माण, बिर्साम स्थल , अटिजम, बाढिपिडित, दैविप्रकोपमा आपतकालिन सहयोग प्रदान लगायत भुकम्प पछि विद्यालयहरुको बनाउदै आएको र यो बर्ष समाजमा सेवा गरिने गर्भनर भट्टराई बताउनुभयो । पास्ट अन्तरास्ट्रिय डाइरेक्टर सन्जय खेतानको बिशिस्ट आतिथ्यता र तिलोत्तमा नगरपालीका नगर प्रमुख रामकृष्ण खाँड बिशिस्ट आतिथ्यता मा सम्पन्न भएको थियो। नगर प्रमुख खाँडले लायन्सले सामाजमा गरेको सामाजिक कामको प्रसंसा गर्दै आगामी दिनमा हुने काममा नगरको सकारात्मकसहयोग रहने प्रतिवद्वता व्यतm गर्नु भएको थियो ।
    उक्त कार्यक्रममा पाष्ट ईन्टरनेशनल डाईरेक्टर ,लायन्स नेताहरु, मल्टिपल चियर पर्सन, नि बर्तामान गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्ग,प्रथम भाइस ड्रिष्टिक गर्भनर सन्दीप कसौधन, द्वितीय भाइस डिष्ट्रिक गभर्नर मिना पन्थी, पूर्व गभर्नरहरु अर्जुनमान सैंजु, नवराज न्यौपाने,अरुण प्रताप राणा, सुनिल ओझा, महेन्द्रनारायण श्रेष्ठ लगायत अन्य विभिन्न डिस्ट्रीकका पदाधिकारीहरुको आतिथ्यतामा शनिवार सम्पन्न कार्यक्रममा करिब १५ सय भन्दा बढी प्रतिनिधीहरुको उपस्थिति रहेको डिष्ट्रिक सचिव पाण्डेले बताउनुभयो । उक्त कार्यक्रमा मोटिभेसन स्पिकरको रुपमा चर्चित बरिष्ठ पत्रकार जगदिश खरेलले स्पष्ट, दृष्टिकोण र निष्पक्ष,नीति र नेतृत्वबारे समाजमा कसरी सामाजिक उद्धमशिलता मार्फत समावेशिता गर्ने सकिन्छ तथा लायन्स मार्फत समाजमा पार्न सक्ने प्रभाव भन्ने बारेमा बिशेष प्रस्तुति दिनुभएको थियो।
    लायन्स एरिया नम्बर ३ को आयोजनामा एरिया चिफ कृष्ण प्रसाद पाण्डेले सयोजकमा भएको थियो । एरिया चिफ पाण्डेले कार्यक्रमा सहयोग गर्नेहुने विभिन्न सस्था तथा बिभिन्न क्लबका पूर्व अध्यक्ष, अध्यक्ष तथा सदस्यहरुलाई सम्मान्न गर्नुभएको थियो । सोही कार्यक्रमा ट्फिक प्रहरीलाई बेरियल र नो पार्केड. लागाएतका सामाग्री हस्तारण गरिएकोे थियो । लायन्स डिष्ट्रिक ३२५ पी अन्तर्गत नवलपरासी, रुपन्देही, पाल्पा, कपिलवस्तु काठमाण्डौसहितका १ सय ५७ वटा क्लबमा ४ हजार ६ सय ७ जना सदस्य छ

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation