
बुटवल ,१५ भदौ ।नेपाल प्राइभेट इक्विटी एशोसिएसन को सहकार्यमा नेपाली युवा मञ्च रुपन्देहीले शुक्रबार भैरहवामा स्टार्टअफ ब्यवसाय बिस्तार सम्बन्धि छलफल गरेको छ
नेपाली युवा उधमी मञ्च नेपाल प्राइभेट इक्विटी एशोसिएसन विच स्टार्र्टअप व्यवसायहरुलाई बीउ पूँजी उपलब्ध गराउने जसमा थोरै पूँजी, थोरै कर्मचारी र सानो व्यवसायको शुरुआत गरी ठूलो व्यवसाय बनाउन सकिने हुँदा औद्योगिकीकरण सम्भव बारेमा छलफल भएको थियो।
स्टार्टअप उत्पादन उद्योग, थोक तथा खुद्राव्यापार, सेवा व्यवसाय, मत्स्य संकलन र कृषिलगायतबाट शुरू गर्न सकिने नेपाल प्राइभेट इक्विटी एशोसिएसन अध्यक्ष ध्रुव तिमिल्सिना बताउनुभयो ।
इन्भेस्ट फर इनफ्क्ट नेपालका प्रमुख कार्यकारी अधिकृत विवेक श्रेष्ठ ,इन्भेस्ट फर इनफ्क्ट नेपालका अपरेसन म्यानेजर रौनक थापा ,नेपाल प्राइभेट इक्विटी एशोसिएसन म्यानेजर श्वेता बस्नेत, इन्भेष्टमेन्ट निर्देशक टेक नारायण शर्मा अवसर इक्विटी को विषयमा विशेष प्रस्तुतीकरण गरेका छन ।
वक्ताहरूले नेपालमा प्राइभेट इक्विटीको आवश्यकता, लगानीका सम्भावना, स्टार्टअप र व्यवसाय विस्तारमा यसको योगदान तथा व्यावहारिक अनुभवहरूबारे प्रस्तुत गर्नुभयो थियो ।
नेपालमा प्राइभेट इक्विटीको वर्तमान अवस्था र भविष्य उद्यमशीलता प्रवर्द्धनमा प्राइभेट इक्विटीको महत्व लगानीकर्तासँग सहकार्यका अवसर र सम्भावना केस स्टडी तथा वास्तविक अनुभवहरूको आदान–प्रदान
कार्यक्रमको समापनमा नेपाल युवा उधमी मञ्च रुपन्देहीका अध्यक्ष आदर्श श्रेष्ठले मन्तव्य राख्नुभयो । उहाँले उद्यमशीलता प्रवर्द्धन, लगानी आकर्षण र युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न यस्ता सिकाइ सत्रहरू महत्वपूर्ण रहेको उल्लेख गर्दै, आगामी दिनमा अझ धेरै प्रभावकारी कार्यक्रम ल्याइने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रमा बुटवल उद्योग वाणिज्य संघ हरि अर्याल अध्यक्ष,रुपन्देहीका सदस्यहरू,बैंककर्मी, उद्योगी तथा व्यवसायीहररु
बैंक तथा वित्तीय संस्था, उद्योगी–व्यवसायी, उद्यमी र युवा उधमी मञ्च रुपन्देहीका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन युवा उधमी मञ्च रुपन्देहीका द्वितीय उपाध्यक्ष सुमन बस्यालले गर्नु भएको थियो ।