डा.लेखजंग थापालाई रास्वपाले दियो रुपन्देही-३ टिकट

  • काठमाडौं,१५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले रुपन्देही क्षेत्र नम्बर(३ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि वरिष्ठ न्युरोलोजिस्ट डा। लेखजंग थापालाई आधिकारिक उम्मेदवार घोषणा गरेको छ । पार्टी सचिवालयको निर्णयअनुसार ९ जना आकांक्षीमध्ये थापा चयन भएका हुन् ।
    उपनिर्वाचनमा उम्मेदवारीका लागि थापासहित सुलभ खरेल, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पार्थिवेन्द्र उपाध्याय, कुसुम महर्जन, पुनमकुमारी अग्रवाल र रचना क्षेत्री आकांक्षी थिए ।आकांक्षीहरूमध्येबाट उम्मेदवार चयन गर्न रास्वपाले १२ भदौ बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म अनलाइन भोटिङमार्फत प्राइमरी इलेक्सन गरेको थियो। सो मतदानमा सबैभन्दा बढी मत प्राप्त गर्ने डा। थापा उम्मेदवारका रूपमा घोषित भएका हुन् ।
    डा. थापा एमबीबीएस, इन्टरनल मेडिसिनमा एमडी र न्युरोलोजीमा एमडी गरेका वरिष्ठ न्युरोलोजिस्ट हुन्। हाल उनी महाराजगञ्जस्थित नेसनल न्युरो सेन्टरमा न्युरोलोजी विभागका प्रमुखका रूपमा कार्यरत छन्।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation