लुम्बिनी वाणिज्य क्याम्पसमा १८ औं राष्ट्रिय पुस्तकालय दिवस भव्यताका साथ सम्पन्न

  •  

    बुटवल, १५ भदौ बुटवल देविनगर स्थित “लुम्बिनी वाणिज्य क्याम्पस पुस्तकालय सञ्चालन तथा व्यवस्थापन विकास सेल” ले १८ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा १८ औं राष्ट्रिय पुस्तकालय दिवस मूल समारोह तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय पुस्तकालय दिवस मनाउने सन्दर्भमा साताव्यापी विभिन्न कार्यक्रमहरु भएका थिए जस अन्र्तगत क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई ”हाम्रो पुस्तकालय, हाम्रो भविष्य” शिर्षकमा खुला निबन्ध प्रतियोगिताको आयोजना २०८२ भदौ ०६ गते सञ्चालन गरिएको थियो । क्याम्पसका सञ्चालित विभिन्न कार्यक्रममा अध्ययनरत २४ जना विद्यार्थीहरुले निबन्ध लेखन प्रतियोगितामा सहभागिता जनाएका थिए ।
    नेपालमा वि.सं. २०६५ सालदेखी राष्ट्रिय पुस्तकालय दिवस मनाउदै आईएको पाइन्छ भने, लुम्बिनी वाणिज्य क्याम्पसले औपचारिक रुपमा भने तेश्रो पटक राष्ट्रिय पुस्तकालय दिवस मनाएको छ । हरेक बर्ष विशेष नारा बनाएर मनाईने यो दिवसमा नेपाल सरकार ले तय गरेको नारा ”हाम्रो पुस्तकालय, हाम्रो भविष्य” रहेको थियो ।
    लुम्बिनी वाणिज्य क्याम्पसमा पनि पुस्तकालय व्यवस्थापन तथा विकास सेलले १८ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा पुरस्कार तथा सम्मान कार्यक्रम गरेको हो । उक्त कार्यक्र्रममा प्रमुख अतिथि, श्री सुरेन्द्र प्रसाद श्रेष्ठ (क्याम्पसस सञ्चालक समिति, अध्यक्ष), बिशिष्ट, अतिथि प्रा.डा. तारा प्रसाद उपाध्याय (क्याम्पस प्रमुख), अतिथि उप. प्रा. महेश प्रसाद चौधरी कुर्मी (सहायक क्याम्पस प्रमुख) कर्मचारी संघ अध्यक्ष श्री पुष्कर भुसाल, प्राध्यापक संघ सभापति उप.प्रा.धन बहादुर पुन लगायतको उपस्थिति थियो भने स्वागत मनतब्य तथा पुस्तकालय दिवस कार्यक्रम र यसको महत्वको बारेमा महत्व बारेमा मनतब्य लाईब्रेरियन शिवराज अधिकारीले दिनुभएको थियो । अठारौँ राष्ट्रिय पुस्तकालय दिवस मूल समारोह–२०८२, पुरस्कार वितरण तथा सम्मान कायक्र्रममा सम्मानित हुनुहुने क्याम्पसमा प्राध्यापनरत उप–प्रा. लक्ष्मण प्रसाद भण्डारी, उप–प्रा. डा. भगवती प्रसाद चौधरी, उप प्रा. मेघनाथ खनाल, उप प्रा. वरुण ज्ञवाली लगायतलाई अध्ययन अनुसन्धान तथा क्याम्पस पुस्तकालयको उच्चतम प्रयोग गरेवापत सम्मान गरिएको थियो साथै बिभिन्न कार्यक्रममा अध्ययनरत विद्यार्थीहरु जसले निबन्ध प्रतियोगितामा भाग लिई उत्कृष्ट स्थान हासिल गर्न सफल वि.वि.एम. अप्लाईड कार्यक्रम चौथो सेमेष्टरमा अध्ययनरत मनिषा पाण्डे प्रथम स्थान हासिल गरी नगर रु ५०००÷ र प्रमाणपत्र द्धारा सम्मान गरिएको थियो भने, वि.वि. एस. कार्यक्रम दाश्रो वर्षमा अध्ययनरत विनिता खत्री द्वितिय स्थान हासिल गरी नगर रु ३०००÷ र प्रमाणपत्र द्धारा सम्मान, त्यस्तै वि.एम.एस. छैठौं सेमेष्टरमा अध्ययनरत छात्रा श्रृष्टि श्रेष्ठले तृतीय स्थान हासिल गरी नगद रु.दुई, दुई हजर तथा प्रमाणपत्र द्धारा सम्मान साथै वि.वि.एस. दोश्रो वर्षमा अध्ययनरत सुरक्षा बस्याल र वि.एम. एस छैठौं सेमेष्टरमा अध्ययनरत छात्रा रेखा अर्याललाई सान्त्वना पुरस्कार नगद रु एक एक हजार सम्मान तथा प्रमाणपत्र प्रद्रान गरिएको थियो ।


    त्यसैगरि क्याम्पसको पुस्तकालय तथा पुस्तकालयका पाठ्यसामाग्रीहरुको उच्चतम उपयोग गरि अध्ययन गर्ने छात्रा आषा भुसाल एम.वि.एस. तेश्रो सेमष्टर, वर्षा राना, वि.वि.ए.–एफ.ए. छैठौं सेमेष्टर, सन्देश बुढाथोकी वि.वि.एस. दोश्रो वर्ष, कपिल श्रेष्ठ वि.एम. एस छैठौं सेमेष्टर, धिरज भट्टराई वि.वि.एस.दोश्रो वर्ष, मुना सारु वि.वि.एम. अप्लाईड चौथो सेमेष्टर, विज्ञा नेपाल एम.वि.ए.–वि.एफ, चौथो सेमेष्टर तथा अनिषा टण्डन एम.वि.एस.एफ दोश्रो सेमेष्टमा अध्ययनरत विद्यार्थीहरुलाई सम्मान गरिएको थियो भने क्याम्पसको डिजिटल लाईब्रेरीलाई उच्चतम प्रयोग गर्नुहुने एम.वि.एस.–एफ चौथो सेमेष्टरकोे विद्यार्थी मिना सापकोटा, वि.वि.एस. दोश्रो वर्षमा अध्ययनरत विद्यार्थी सिमोन थापा तथा वि.वि.एस. दोश्रो वर्षमा अध्ययनरत विद्यार्थी सन्देश बुढाथोकी लाई सम्मान गरिएको थियो । सम्मानित हुने विद्यार्थीहरुको तर्फबाट सुरक्षा बस्यालले आफु सम्मानित हुन पाउँदा अत्यन्तै खुसि भएको बताइन । त्यसैगरी कार्यक्र्रममा सम्मानित हुनुहुने प्राध्यापकहरुमध्येबाट उप–प्रा. लक्ष्मण प्रसाद भण्डारीले, अनुसन्धान कार्य गर्न धेरै गाह्रो हुने कुरामा जोड दिनुहदै सम्मानका लागि धन्यवाद ज्ञापन गर्नुभयो ।
    लुम्बिनी वाणिज्य क्याम्पस कर्मचारी संघ ईकाइ कमिटि अध्यक्ष पुस्कर भुसालले यि यस्ता रचनात्मक कार्यबाट विद्यार्थी, अध्ययन, अनुसन्धानकर्ताहरुमा हौसला बढने कुरा उल्लेख गर्नुभयो ।
    सम्मान कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख प्रा.डा. तारा प्रसाद उपाध्यायले क्याम्पसका प्राध्यापकलाई थप जिम्वेवारी तथा चुनौति थप भएको बताउदै हामीले अनुसन्धान गरिएन भने हामीले कसरी शोधकर्तालाई शोध निर्देशन गर्ने, त्यसैले अवको अनुसन्धान परिणाममुखी हुनुपर्नेमा जोड दिनुभयो साथै अब लाईब्रेरीलाई फुल अटोमेशनमा सञ्चालन गर्न हामी अगाँडी बढिसकेका छा जसका लागि अहिले पहिलो स्टेपबाट कार्य गरिरहेकाछौ र क्याम्पसको पुस्तकालयलाइ अब छिट्टै फुल अटोमेशनमा लैजाने कुरामा जोड दिनुभयो साथै अबका दिनहरुमा अनुसन्धानकर्ताहरुको मूल्याङ्कन गर्दा हामीसँग भएको डेटावेश नेपाल अधिराज्यभित्र जहाँ गएर अध्ययन अनुसन्धान गरेतापनि कुन युजरले कहाँबाट कति पटक सम्म लग इन गरी अध्ययन अनुसन्धान कार्यहरु भएको छ ग¥यो त्यसको बारेमा खोजि गरी सम्मानित गर्नुपर्ने कुरामा जोड दिनुभयो । क्याम्प्।स सञ्चालक समिति अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि सुरेन्द्र प्रसाद श्रेष्ठले लाईब्ररीलाई पूर्ण रुपमा स्वचालित बनाउन सञ्चालक समितले सहयोग गर्ने कुरा उल्लेख गर्दे यस्तो राम्रो कार्यका लागि कार्यक्रम आयोजक सेललाई धन्यवाद दिनुभयो भने कार्यक्रम पुस्तकालय व्यवस्थापन तथा विकास सेलका संयोजक सह–प्रा. माधाव प्रसाद नेपालज्यूको अध्यक्षतामा तथा कार्यक्रमको सञ्चालन श्री दिपक भट्टराईले गर्नुभएको जानकारी लाईब्रेरियन शिवराज अधिकारीले दिनुभयो ।

     

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation