मिलिजुली क्लव शंकरनगरको आयोजनामा बृहत् रक्तदान

  • बुटवल ,१५ भदौ । रक्तदान जिवनदान भन्ने मुल नाराका साथ मिलिजुली कल्व शंकरनगर रुपन्देहीको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न
    रक्तदान जिवनदान भन्ने मुल उदेश्य तथा समाजिक पारस्परिक सम्बन्ध तथा एक आपसमा मेल मिलापको भावनाको विकास गर्नको लागि मिलिजुली कल्व शंकनगर र रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लुम्बिनी प्रादेशिक कार्यालयको सहकार्यमा तिलोत्तमा नगरपालिका १ शिवचोक शिवमन्दिरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिलोत्तमा नगरपालिका नगर प्रमुख रामकृष्ण खाडले उपस्थित सम्पुर्णलाई रक्तदान जीवन दान भन्ने यस्तो महान कार्यमा सहभागी हुनु भएकोमा धन्यवाद दिदै अरु क्लबहरुले पनि यस्ता कार्यक्रमहरु जस्तै प्रकोपको समयमा राहतको कार्यक्रम विभिन्न विकासका कार्यक्रम हरु तथा अन्य कार्यक्रम पनि अगाडि सारी अगाडी बढदै जानने हो भनी नागरिकको स्वास्थ सुरक्षा सङै नगरवासिको उन्नति प्रगति छिटै हुने कुरामा जोड दिनु भएको थियो ।
    उक्त कार्यक्रममा बिशिस्ट अतिथी फर्शुराम गिरि अतिथीहरुमा रिलायवल इन्स्योरेन्सका लुम्बिनी प्रदेश प्रमुख पन्च व तामाङ , खिम्लाल पाण्डे , जवानसिङ ठकुरी , बिष्णु प्रसाद पाण्डे , कार्यक्रम सम्योजक सुनिल कुमार पाण्डे ,उपाध्यक्ष बालकृष्ण भण्डारी , महासचिव दिपक भट्टराई ,सचिव प्रविन गौतम , पत्रकार तथा हास्य कलाकार मनोज ज्ञवाली (जेठेवा ), सदस्यहरुमा खिम्लाल भण्डारी , कमलाकुमारी भणडारि , कृष्ण शर्मा भण्डारी , गङगा पाण्डे , महेश्वर रेग्मी , रामप्रसाद भण्डारी , विभिन्न समाज सेवि , बुद्धि जिवि लगायतको उपस्थिती रहेको थियो।
    पन्च बहादुर तामाङ , मनोज ज्ञवाली (जेठेवा ) जवानसिङ ठकुरी , खिमलाल पाण्डे ,बालकृष्ण भणडारि , दिपक भट्टराई , लगायतको शुभकामना मन्तव्य रहेको कार्यक्रममा उप्स्थित सम्पुर्णलाई कार्यक्रमबारे प्रकाश पार्दै बृहत कार्यक्रमका संयोजक तथा कल्वका वरिष्ठ उपाध्यक्ष सुनिल कुमार पाण्डेको रहेको थियो। औपचारिक कार्यक्रम ७ बजेवाट चलेको कार्यक्रमलाई छोटी गरि ८ बजेवाट दिउँसो ४ बजेसम्म रक्तदान कार्यक्रम सम्पन्न भएको थियो।

    ८०० जना सहभागी रहेको कार्यक्रममा १५० पोइन्ट रगत संन्कलन गरिएको थियो।
    . कल्वका सचिव दिपक भट्टराईको संचालनमा रहेको औपचारिक कार्यक्रमको समापन कार्यक्रमका अध्यक्ष तथा कल्वका अध्यक्ष इस्वर पाण्डेले गर्नु भएको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation