ज्ञान ज्योति स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः शेरबहादुर थापा

  • मानपकडि,१४ भदौ । रुपन्देहीको शुद्धोद्वन गाउँपालिका ३ मा अवस्थित ज्ञान ज्योति स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाको २७ औं वार्षिक साधारण सभा तथा ११ औं अधिवेशन शनिबार रिद्धीसिद्धी पार्टी प्यालेसमा सम्पन्न भएको छ ।
    अधिवेशनले पुनः शेरबहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमितिमा सर्वसम्मत चयन हुनुभएको छ। नव निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा टिकादेवी न्यौपाने, सचिवमा रमेश गौतम, कोषाध्यक्षमा लक्ष्मण दर्जी र सदस्यहरूमा सुमन थापा क्षेत्री, मिना राना क्षेत्री, शान्ता शर्मा, हिमबहादुर केसी, मातृका प्रसाद चौधरी थारु रहेका छन।त्यसैगरी सुपरिवेक्षण लेखा समितिमा सुवास फौदार क्षेत्री संयोजक तथा जमुना खत्री र गीता क्षेत्री फौदार सदस्य सर्वसम्मत चयन भएका छन् ।
    कार्यक्रममा संस्थाका अध्यक्ष शेरबहादुर थापाको अध्यक्षतामा र जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईंको प्रमुख आतिथ्यतामा भएको ज्ञान ज्योति स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाको २७ औं वार्षिक साधारण सभा तथा ११ औं अधिवेशन कार्यक्रममा प्रमुख अतिथि चापागाईंले पानशमा दिप प्रज्वोलन गरि उद्घाटन गर्नुभएको थियो।सो अवसरमा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चापागाईंले सहकारीलाई गाउँघरको आर्थिक मेरुदण्ड भन्दै सहकारीले सदस्यहरूको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान दिइरहेको उल्लेख गर्नुभयो । उहाँले सहकारीहरू आत्मनिर्भर अर्थतन्त्र निर्माणको आधारशिला हुन्, यसलाई पारदर्शी र जिम्मेवार बनाएर अघि बढाउनु जरुरी छ। भन्ने धारणा व्यक्त गर्नुभयो।
    विशिष्ट अतिथिमा सहकारी संघ रुपन्देहीका महासचिव दामोदर पंगेनीले पछिल्लो समयको सहकारीप्रती बजारमा विभिन्न टिकाटिप्पणी सुरु भएको प्रसङ्गमा उहाले सहकारी संस्थाहरुलाई बचाउनतर्फ सबै सहकारीकर्मीहरु लाग्नुपर्नेमा जोड दिनुभयो।
    अध्यक्ष शेरबहादुर थापाले सहकारीलाई अझै मजबुत, पारदर्शी र सदस्यमुखी बनाउन आफूले नयाँ कार्यसमितिसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सदस्यहरूको हितलाई पहिलो प्राथमिकता दिँदै सहकारीको पहुँचलाई अझै फराकिलो बनाउने हाम्रो लक्ष्य हुनेछ बताउनुभयो।

    कार्यक्रममा संस्थाका अध्यक्ष शेरबहादुर थापाले अध्यक्ष प्रतिवेदन प्रस्तुत संस्थाका संस्थाका सचिव रमेश गौतमले साङ्गठनिक प्रतिवेदन प्रस्तुत संस्थाका लेखा समिति सदस्य सुवास फौदारले लेखा प्रतिवेदन प्रस्तुत र कोषाध्यक्ष लक्ष्मण दर्जीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा सहकारी संजाल शुद्धोदन गाउँपालिका अध्यक्ष लेखबहादुर खत्री, गणपति बहुउद्देश्यीय सहकारीका अध्यक्ष गोविन्द घिमिरे लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। सभामा निवर्तमान उपाध्यक्ष पार्वता थापाले स्वागत मन्तव्य राख्नुभएको थियो भने सहकारीका सचिव रमेश गौतमले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation