
काठमाडौँ,१४ भदौ। ‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेलले हात पारेकी छिन् ।
आयोजक संस्था ‘द हिडन ट्रेजर’ले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा यसवर्षको मिस नेपाल उपाधि लुइँटेललाई घोषणा गरेको हो । । शनिबार ललितपुरको गोदावरीमा सम्पन्न ग्राण्ड फिनालेमा अन्य २५ प्रतिस्पर्धीलाई पछि पार्दै उनी मिस नेपालको टाइटल जित्न सफल भएकी हुन् । उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी थिइन्। यस्तै, मिस अर्थ सोनी घले भइन् भने मिस नेपाल इन्टरनेसनको ताज उरूशा भण्डारीले जितिन्। यस्तै दिपशिखा नेपाल फस्ट रनरअप बनिन् । सो अवसरमा निर्णायक मण्डलले अन्य टाइटल विजेताहरूको नाम पनि सार्वजनिक गर्यो।
मिस कन्फिडेन्ट – प्रगिका क्षेत्री
मिस टाइमलेस एलिगेन्स – उरुशा भण्डारी
मिस हेल्दी स्किन – आरती थापा
मिस ग्रीन भिजनरी – जगदिश्वरी शाह
मिस प्रिस्टिन – प्रियंका थापा
मिस पपुलर च्वाइस – उरुशा भण्डारी
मिस ब्यूटिफुल हेयर – स्वेच्छा थापा
मिस एम्पावर्ड च्वाइस– दीपशिखा नेपाल
फेस अफ द इयर – स्मृति श्रेष्ठ घोषित भए ।
हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३१ औं संस्करणमा सहभागी प्रतियोगीहरूले आफ्नो प्रतिभा,आत्मविश्वास र सौन्दर्य प्रस्तुत गरेका थिए। विजेताहरुलाई आयोजक तथा निर्णायक मण्डलका सदस्यहरूले ताज र प्रमाणपत्र प्रदान गरेका थिए।