
काठमाडौँ,१३,भदौ । नेपाल क्रिकेट संघ (क्यान) ले वर्षको उत्कृष्ट राष्ट्रिय खेल संघको उपाधि प्राप्त गरेको छ । खेल क्षेत्रको नियामक निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आफ्नो ६२ औँ वार्षिकोत्सवका अवसरमा क्यानलाई सो पुरस्कार दिएको हो ।आज आयोजित एक कार्यक्रममा क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले खेलकुद मन्त्री तेजुलाल चौधरीबाट अवार्ड ग्रहण गरे ।