
बुटवल,१० भदौ । हरी तालीका तिज सबै नारीले समान ढगबाट मनाउने शाझा तिज बन्न सक्ने हुनु पर्ने बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेले बताउनुभयो । लोकदोहोरी प्रतिष्ठान नेपाल रुपन्देहीले आयोजना गरेको तिज शिषेश कार्यक्रमा शुभकामना राख्दै पाण्डेले सो कुरा बताए्का हुन ्। तिज पर्ब बढी तडकभडक हुंदा सामान्य नारीको पहुंच भन्दा बाहीर हुने पाण्डेको तर्क छ ।
सबै पर्बहरु नागरीकहरुको पहुंच हुनका लागी हुदा खाने र हुने खाने सबैले मनाउन सक्ने हुनुपर्ने बताए । लोक दोहोरी प्रतीष्ठान नेपाल रुपन्देहीले हरी तालीका तिजको अबशर पारेर नेपाली मौलीक संस्कृतीको जगेर्ना गर्नका लागी कार्यक्रम गरीएको प्रतीष्ठानका अध्यक्ष बिजय सापकोटाले बताए । कार्यक्रममा सल्लाहकार खेम हमाल सहीत बिभीन्न अतीथी पाहुनाले तिजको गितसंग झुमेका थिए ।
तिज बिषेश बनाउन कलाकारहरु प्रचण्ड जिसी, बिधान कार्की,सम्झना रणपाल,कोपीला न्यौपाने,दिपक गरौजा मगर, लालमाया थापा, बिष्णु सिजाली, बिष्णु श्रीपाली, श्रmतु थापा, दुर्गा नेपाल,योगराज पा्ेख्रेल,हेम बहादुर सिजाली, रेनु राना,सहीत बिभीन्न कलाकारहरुको बजोड प्रस्तुती रहेको थियो । कार्यक्रम सञ्चालन सचीब बिधान कार्की, र रेशम खनालले गरेका थिए भने स्वागत प्रथम उपाध्यक्ष रितु थापाले गरेको थिए । देबीनगर चौपारीमा भएको सो तिज बिषेश कार्यक्रममा स्थानीय जनसमुदायको बाक्लो उपस्थीत्ी रहेको थियो ।