लामाखर्क समाज रुपन्देही तिज मिलन तथा दर खाने कार्यक्रम

  • बुटवल ,८ भदौ । लामाखर्क समाज रुपन्देही तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ । गुल्मीको रुरुक्षेत्र गाऊँपालीकाको सानो गाऊँ । गाऊँ सानो त्यसमाथी सबै गाऊँमा मान्छे पेशा, व्यावसाय, पढाई, बसाईसराई आदि कारण गाऊँबाट वाहिरिदा गाऊँ सुनसान छ । गाऊँका मान्छे बुटवल, काठमाडौंतीर प्रसस्तै भेटिन्छन तर गाऊँ छोड्न नसकेर टोलपिच्छे गन्दा एकदुईघरमा बुढा बा आमा भेटिनुहुन्छ । यो एउटा उदाहरणीय गाऊँ हो । यस्ता कथा धेरै गाऊँमा भेटिन्छन आजकल ।
    अब कुरा गरौं लामाखर्क समाज रुपन्देही । गाऊँ र शहर जोड्ने हेतु बुटवलमा स्थापना भएको हो लामाखर्क समाज । लामाखर्क समाजले वेलावेलामा गाऊँमा खुशी लिएर जान्छ । विविध कार्यक्रमहरु पस्किदै आएको छ। कैले खेलकुद, कैले स्वास्थ्यशिविर, कैले सास्कृतिक कार्यक्रम । कैले शहरमै रक्तदान, बनभोज आदि कार्यक्रम गरेर गाऊँलेलाई जुटाईरहन्छ । समाजले यस अघि भित्तेपात्रो प्रकाशन गर्दा भित्तेपात्रोलाई नै सिंगो गाऊँको फोन डाईरेक्ट्रिको रुपमा प्रस्तुत गरेको थियो ।
    यो पटक सानो तिज र कृष्णअस्टमी समाजले गाऊँमै भव्यताका साथ मनायो । शहरिया भूमरीमा फसेका बर्षौ गाऊँ फर्कन नसकेका छोराछोरी, बुहारी र चेलीवेटी लिएर बुटवलबाट समाज गाऊँमै पुगेर सिंगो गाऊँलाई सानो तिजको चुलोनिम्तो गरेर दर खुवायो । सानो तीज र कृष्ण अस्टमीमा भजन, योगा प्रणयाम र तीजको नाचगान कार्यक्रमसंगै सिंगो गाऊँ झुम्यो ।
    समाज अझै थाकेन । फेरी आज बुटवलमा रुपन्देही, पाल्पा, नवलपरासी र कपिलवस्तुसम्म समेट्ने गरी ठूलो तिज अगावै लामाखर्कमा घर, माईत र मावल हुने सबैलाई डाक्यो र दर खुवाउने र नचाउने कार्यक्रम सम्पन्न गरेको छ । समाजले निकै सरल ढंगले कार्यक्रम सम्पन्न गरेको छ । सानो गाऊँको ढाइसय बढी सहभागीको ठूलो जमात बुटवलमा दिनभरी झुम्यो । यसबीच हाँस्यकलाकार मनोज ज्ञवाली जेठेवाले कार्यक्रमलाई थप रोमाञ्चीत बनाए । कला र गलाका धनी जेठेबाले मौलिक तीजका भाका र भजनका टुक्काले गाऊँलेलाई फनफनी नचाएका थिए ।
    बुटवलमा समाज स्थापना भएपनि गाऊँ र शहरको सम्वन्धमा भिज्नू नै समाजको उद्धेश्य रहेको समाजका अध्यक्ष नारायण गौतमले बताए ।
    अवगत रहोस यो समाज यसक्षेत्रमा डेढदशकदेखी सक्रिय छ भने यसको सामाजिक गतिविधिबाट प्रभावित भएर विभिन्न गाऊँसम्पर्क समाज गठन भएका छन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation