चिदिका सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम २०८२ सम्पन्न

  • बुटवल ,८ भदौ । बिगतका बर्षमा झै चिदिका सम्पर्क समाज रुपन्देहीले २०८२ सालको तिज मिलन तथा दरखाने कार्यक्रम बुटवल उधोग बाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथि बुटवल उप महानगरपालिकाकि उपाध्यक्ष सावित्री देवि अर्यालले हिन्दुनारिको महानचाड हरितालिका तिजको पावन अबसरमा आयोजना गरिएको तिजमिलन तथा परस्पर सम्बन्ध बढने कुरामा जोड दिनु भएको थियो । साथै उहाँले क्रान्तिकारि तथा जनताका अवाजलाई पहिलेदेखिनै विभिन्न आन्दोलनहरुमा बुलन्द गर्दै आएको कुरा बताउनु भएको थियो ।
    आउँदा दिनहरुमा हामी महिलाहरू हरितालिकातिजमा महादेव पति पाउनको लागि व्रत जप र ध्यान गरेको कुरालाइ स्मरण गराउदै हामी महिलाहरुले सकेसम्म व्रत गर्ने तर कुनै कुरामा कमजोरी तथा शारीरिक अशक्त भएमा ब्रतको नाममा भोकै बस्नु भन्दा पनि समय अनुसार बद्लिनु पर्ने आवश्यकतानुसार समयमा खाना खानु पर्ने शरीरको ख्याल राख्नुपर्ने कुरालाइ पनि जोड दिनु भएको थियो । हिन्दु सस्कारमा रहेको हिन्दु महिलाहरुको महान चाड हरितालिकाको तिजको पावन अवसरमा उपस्थित सम्पुर्ण दिदिबहिनी दाजुभाइलाई आउदै गरेको हरितालिका तिजको शुभकामनाको दिदै पुरानो गीत गाएर पनि उपस्थित सम्पुर्णलाई नचाउनु भएको थियो । उक्त कार्यक्रममा बिशिस्ट अतिथिहरुमा सस्थापक अध्यक्ष पुर्शोत्तम अर्याल , निवर्तमान अध्यक्ष केशवराज पन्थी , ईश्वरि ज्ञवाली अतिथीहरुमा रुपन्देही उधोग वाणिज्य संघका प्रमुख यादव भण्डारी ,सस्थाका सल्लाहकारमा , नेत्र पन्थी ,अर्जुन ज्ञवाली , प्रेमनारायण ज्ञवाली , सुरेन्द्र ज्ञवाली , दिपक ज्ञवाली ,शारदा पन्थी ,विनाराम अधिकारी , रक्त संचार केन्द्र बुटवलका प्रमुख राधा ज्ञवाली , निर्माण व्यसायी समितिका जिल्ला अध्यक्ष मन्जु भुसाल कार्यक्रम तथा सास्कृतिक संयोजक कमल भण्डारी , चिदिका स्थित विभिन्न संघ सस्थाका अध्यक्षहरु, संचालक समितिका उपाध्यक्ष तथा पदाधिकारीहरु भजन गायक , तिज गित तथा दशै गितमा अभिनय गरि सकनु भएका रास्टिय हास्य कलाकार मनोज ज्ञवाली (जेठेवा) लगायत चिदिका रुपन्देही बसाई सराइ गरि तथा कामकाजले रुपन्देहीमा आउनुभएका ८०० जना दिदिबहिनी दाजुभाइको उपस्थिती रहेको थियो। कार्यक्रमबारे प्रकाश पार्दै कार्यक्रम संयोजक कमल भण्डारीको स्वागत मन्तव्य रहेको कार्यक्रममा भजन गायक तथा हास्य कलाकार मनोज ज्ञवाली ( जेठेवा) ले उपस्थित सम्पुर्णलाई हास्यकलाकार हास्य प्रस्तुतिका माध्यमवाट छ्म छ्मी नचाएका थिए । समग्रमा कार्यक्रम सफल एवम गाउघरका तिजका तिज गितले अतिनै रमाइलो भएको थियो। अपराहान्न ११ बजे सुरु भएको कार्यक्रमको संचालन सस्थाका सचिव होमनाथ ज्ञवालिले गर्नुभएको थियो। भने आपचारीक कार्यक्रमको समापन सास्थाकि अध्यक्ष गिता ज्ञवालिले गर्नु भएको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation