महिला सशक्तीकरणमार्फत सहकारीको योगदान उल्लेखनीय : वडा अध्यक्ष थापा

  • भाद्र ८, अर्घाखाँची । भगवती कृषि सहकारी संस्था लिमिटेड, भूमिकास्थान नगरपालिका–२ ढाकावाङ्गले स्थापनाको ९औं वसन्त पार गर्दै १०औं वर्षमा प्रवेशको अवसरमा महिला सशक्तीकरण तथा तीज मिलन कार्यक्रम भव्यतापूर्वक सम्पन्न गरेको छ।

    कार्यक्रमकाे भूमिकास्थान-२ का वडाध्यक्ष बुद्धिबहादुर थापाले उद्घाटन गर्नुभएको हो। उद्घाटन गर्दै वडाध्यक्ष थापाले सहकारी संस्था गाउँघरको आर्थिक विकाससँगै महिला सशक्तीकरण र सामाजिक एकताका लागि महत्वपूर्ण आधार भएको बताउनुभयो।

    उहाँले भन्नुभयो, “सहकारीले महिलालाई आत्मनिर्भर बनाउन ठूलो योगदान पुर्‍याएको छ। यस्तो संस्थाले गाउँमा आर्थिक मात्र होइन, सामाजिक चेतना र संस्कृतिको संरक्षणमा पनि महत्वपूर्ण भूमिका खेलिरहेको छ।”

    स्थापना दिवस तथा तीज मिलन कार्यक्रममा वडा सदस्य नारायणप्रसाद खनाल, देविकास्थान–झाक्रिशाला टोल विकास संस्थाका अध्यक्ष जितेन्द्र खत्री, भूमिकास्थान युवा संजालका संयोजक टेकराज भुसालसहित सहकारीका पदाधिकारी तथा सदस्यहरुको उत्साहजनक उपस्थिति रहेको थियो।

    सहकारीका अध्यक्ष गणेश सुनारको अध्यक्षता र सचिव रामबहादुर खत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहभागी महिलाहरुले दर खादै मौलिक तीज गीत गाएर नाचगान समेत प्रस्तुत गरेका थिए।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation